Ad image

सुकिदह युवा क्लबले प्रथम अधिवेशन गर्दै

मालश्री खवर
मालश्री खवर २९ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,

मालश्री खबर, चैत्र २९ गते रोल्पा ।

परिवर्तन गाउँपालिका–६ मा रहेको सुकिदह युबा क्लबले प्रथम अधिवेशन तथा साधरण सभा गर्न लागेको छ ।

सभ्य समाज रुपान्तरणका लागि युवा, खेलकुद कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ क्लबको प्रथम अधिवेशन तथा साधारण सभा गर्न लागेको हो ।

- Advertisement -
Ad image

प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रम चैत ३० गते शुक्रबार अर्थात भोलि हुने भएकोले सम्पुर्ण परिवर्तन गाउँपालिका–६ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ४ ओटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न युवा समूहका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी, युवा, बिद्यार्थी लगायतलाई उपस्थित भइदिन क्लबका अध्यक्ष गगन बुढा मगरले आग्रह गर्नु भएको छ ।

सुकिदह युवा क्लबको प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रम परिवर्तन गाउँपालिका–६ को कोल्बोट नाफे रोल्पामा हुने समेत आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array