Ad image

अनेरास्ववियु रोल्पाको १८ औं जिल्ला अधिवेशन सम्पन्न 

मालश्री खवर
मालश्री खवर २३ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र २३ गते रोल्पा ।

अनेरास्ववियु रोल्पाको १८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य सरद डाँगिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक कुमार बरालको प्रमुख आतिथ्यता रहेको थियो, भने नेकपा एमाले रोल्पा जिल्ला कमिटीका अध्यक्ष अमृत बुढामगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

अनेरास्ववियुको १८ जिल्ला अधिवेशनबाट सुर्य बि.क को अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अध्यक्षमा सुर्य बि.क, उपाध्यक्षमा कमला बुढा, ललित बुढा, दिपेश बुढा, सचीवमा मेघराज वलि, सह–सचीवमा एकराज के.सि, सागर खनाल, दिलबहादुर सार्की र कोषाध्यक्षमा दिपक वलि रहेका छन् ।

- Advertisement -
Ad image

साथै तेसन घर्तीको अध्यक्षतामा समेत २१ जना युवा संघ नेपाल जिल्ला कमिटी सदस्य गठन गरिएको छ । जसको अध्यक्षमा तेसन घर्ती, उपाध्यक्षमा स्वोर्णिम रोकामगर, सचीवमा सन्देश बुढा, सह–सचीवमा तिलक राना र कोषाध्यक्षमा पुजा बुढामगर रहनु भएको छ ।

यस्तै सदस्यहरुमा जीवन पुनमगर, बिक्रम घर्तीमगर , कमल गिरि, झक्कु प्रसाद वलि, यज्ञबहादुर बुढाथोकी, प्रशान्त घर्ती, पृथ्वी बुढामगर, रतजना घर्ती, लालबहादुर के।सि, बुकारा घर्ती, गणेश डाँगी र मनिषा पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array