Ad image

त्रिवेणी-७ को सानिपोखरी वनमा बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

मालश्री खवर
मालश्री खवर २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र २२ गते रोल्पा ।

रोल्पा त्रिवेणी गाउँपालिका वडा ७ बजिवाङ स्थित सानिपोखरी सामुदायिक बनमा आगलागी भएको छ ।

आज बिहान करिब ८ बजेदेखि लागेको आगो हालसम्म पनि ननिभेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आगो निभाउने कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी  साथै स्थानीयको सहयोगमा भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक, प्रवक्ता एंव सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनुभएको छ । हावा चलेको कारणले गर्दा आगो निभाउन कठिनाइ भएको र आगो बस्ती नजिक पनि पुग्न सक्ने संभावना भएको उहाँले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array