Ad image

नेको इन्सुरेन्स रोल्पा शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

मालश्री खवर
मालश्री खवर २१ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर/चैत्र २१ गते रोल्पा ।  

नेको इन्सुरेन्स लिमिटेड जिल्ला शाखा रोल्पाले मृत्यु दाबी रकम हस्तान्तरण गरको छ । इन्सुरेन्सले गत पुस ९ गते सुनिलस्मृति गाउँपालिका ४ स्थित बर्जिबाङमा ट्याक्टर दुर्घटनामा परेर मृत्यु भएका चालक तिलक विष्टको परिवारलाई रकम हस्तान्तरण गरेको छ ।

रा १ त ४९७० नम्बरको ट्याक्टर गत पौष ९ गते सुनिलस्मृति गाउँपालिका ४ स्थित बर्जिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका ३ का सवारी चालक तिलक विष्ट (तिल बहादुर) को घटना स्थलमै मृत्यु भएको थियो ।

सोही घटनाका मृतक सवारी चालकका बुवा खबिर बिष्टलाई रु ५ लाख बराबरको चेक जिल्ला प्रशासन कार्यालय रोल्पाको रोहवरमा नेको इन्सुरेन्स लिमिटेड रोल्पा शाखा प्रमुख पुर्ण बहादुर बिष्टद्वारा मंगलबार मृत्य दाबी रकम हस्तान्तरण गरिएको नेको इन्सुरेन्स जिल्ला शाखा रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array