Ad image

पुष्कर वलीको १३ औ पुन्य तिथिको अवसरमा श्रदाञ्जली सभा सम्पन्न

मालश्री खवर
मालश्री खवर २० चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

इन्द्र सेवक प्राविका संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कर वलीको १३ औ पुन्य तिथिको अवसरमा श्रदाञ्जली सभा सम्पन्न भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ मा रहेको श्री इन्द्र सेवक प्राविका संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ४ गौरामाथी निबासी पुष्कर वलीको चैत्र ८ गतेका दिन ७२ वर्षको उमेरमा निधन भएको थियो ।

इन्द्र सेवक प्राथामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान वलीको अध्यक्षतामा भएको श्रदाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के.सी र गाउँपालिका निवर्तमान अध्यक्ष विर बहादुर खत्री रहनुभएको थियो । सभामा नेपाल कम्युनिष्ट पाटी रोल्पाका डि.सी.एस सन्दिप सी,नेपाली काँग्रेस रोल्पाका पुर्व कोषाध्यक्ष खड्क बहादुर खत्री लगाएतको आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

श्रदाञ्जली सभाको सञ्चालन शिक्षक राजकुमार तुपानले गर्नुभएको थियो । स्व पुष्कर वली एक समाज सेवि व्यक्तिव भएको र उहाले इन्द्र सेवक विद्यालयमा अतुलनिय योगदान समेत गर्नुभएको थियो । उहाँको संझनामा अक्षकोष स्थापना गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array