Ad image

पुर्बी रोल्पाका तिन पालिका प्रमुखहरु काठमाडौंमा

मालश्री खवर
मालश्री खवर १३ चैत्र २०८०, मंगलवार
2 Min Read
Aa

भरत बिश्वकर्मा/ मालश्री खबर, चैत्र १३ गते सुलिचौर रोल्पा ।

पुर्बी रोल्पाका तिन गाउँपालिकाका जनप्रतिनिधिहरु बिकास माग्नको लागी काठमाडौं पुगेका छन् । सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकी, लुङ्ग्री गाँउपालिका अध्यक्ष भरतकुमार थापा र सुनछहरी गाँउपालिका अध्यक्ष धनबहादुर पुन संयुक्त रुपमा पुर्बी रोल्पाको सम्रग विकास माग गर्नको लागी प्रधानमन्त्री कार्यालय लगाएत अन्य बिभिन्न मन्त्रालयहरुमा पुगेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

रोल्पा प्रदेश सभा १ क बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महरालाई लियर पुर्बी रोल्पाका तिन गाँउपालिका अध्यक्षहरुको टोली मंगलबार प्रधानमन्त्री कार्यालयमा गएर प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भेटेर बिभिन्न योजनाहरु माग गरेका छन् । उनिहरुले मंगलबार नै उप-प्रधान गृह मन्त्री रवी लामिछाने, कृषि तथा पशुपंन्छी मन्त्री ज्वाला कुमारी साह, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतसँग भेट गरेर तिन गाउँपालिको समग्र विकासको बारेमा थप योजनाहरुको माग गरिएको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले रेडियो मालश्री र मालश्री खबरलाई बताउनु भएको छ ।

- Advertisement -
Ad image

अध्यक्ष बुढाथोकीका अनुसार आफुहरुले तिन गाउँपालिको लागी अति आवश्क रहेको इलाका प्रशासन कार्यालयको स्थापना गरिनुपर्ने, कोल्ड स्टोरको स्थापना, लुङग्री खोलामा हाइड्रो पावर निकाल्नु पर्ने, वडाचौर एयरपोर्ट पुःन सञ्चालन गर्नु पर्ने, तिन गाँउपालिको पाएक पर्ने स्थानमा क्याम्पस स्थापना लगाएतका योजनाहरुको माग गरेको बताउनु भयो ।

साथै तिन गाउँपालिकाको अन्य विकासका योजनाहरु माग गर्नको लागि अर्थ मन्त्रालयमा पनि जाने तयारी रहेको बताइएको छ । विकास माग्न काठमाडौं पुगेको टोलीमा सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापा, सुनछहरी गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्ति, सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई लगाएतको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array