Ad image

क्यूबाङ झोलुङगे पुलको उद्घघाटन

मालश्री खवर
मालश्री खवर १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, चैत्र १३ गते रोल्पा

क्यूबाङ झोलुङगे पुलको उद्घघाटन गरिएको छ । रोल्पा नगरपालिका वडा नम्बर ८ र ९ नम्बर जोडने झोलुङगे पुलको सोमबार उद्घघाटन गरिएको हो ।

रोल्पा नगरपालिका, विकास सरोकार समाज डिकोस रोल्पा, संघीय झोलुङगे पुल क्षेत्रगत विकास कार्यक्रम र समुदायको जनश्रमदानबाट पुल निर्माण भएको हो ।

पुलको लम्बाई ८६ मिटर रहेको छ । ४१ लाख ९ हजार २ सय ४७ रुपैंया ७८ पैसा अनुमान लागत रहेको छ ।

- Advertisement -
Ad image

पुलको उद्घघाटन संगै निर्माण आयोजनाको स्थलगत निरिक्षण र अनुगमन पनि गरिएको रोल्पा नगरपालिकाले मालश्री खबरलाई जानकारी दिएको छ ।

उद्घघाटन कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षमा आयोजनाका अध्यक्ष नरेन्द्र पुनमगर रहनु भएको थियो ।

नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीले पुलको निर्माण संगै स्थानीयमा सहजता र स्थानीय उत्पादनले बजारीकरण पाउने बताउनुभयो । पुल निर्माण भएपछि वडा नम्बर ८ र ९ का स्थानीयलाई वारपार गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array