मालश्री खबर, चैत्र १३ गते रोल्पा ।
क्षयरोग पहिचान शिविर लुङ्ग्री गाउँपालिका ६ पाटेगुम्चालमा संचालन भएको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा लुङ्ग्री गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार क्षयरोग पहिचान शिविर संचालन गरिएको लुङ्ग्री गाउँपालिकाको जानकारी दिएको छ ।
लुङ्ग्री गाउँपालिकाको वडा नम्बर ६ पाटेगुम्चालमा संचालन भएको शिविरमा ३० जनाले क्षयरोगको परिक्षण गरेका छन । त्यसैगरी सोमबार बडाचौरमा संचालन भएको शिविरमा ५६ जनाले परिक्षण गराएकाे लुङ्ग्री गाउँपालिका पोषण सहजकर्ता डोरबहादुर खड्काले जानकारी दिनुभयो ।

हिजो र आज परिक्षण गराइएको रिपोर्ट वुधबार आउने वडाचौर स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिष्टेन्ट कृष्णा बिष्टले जानकारी दिनुभयो ।
क्षयरोगको परीक्षणको लागि स्वास्थ्य शाखा संयोजक लेपेन्द्र बहादुर बुढाथोकी, सह-संयोजक दिपा कुमारी विष्ट, गुम्चाल स्वास्थ्य चौकी इन्चार्ज कमल महतरा लगाएत अन्य स्वास्थ्यकर्मीहरु गएका थिए ।






प्रतिक्रिया दिनुहोस्