मालश्री खबर, चैत्र १२ गते रोल्पा ।
रेफर भएका छुटेका बिरामीलाई चैत्र १५ भित्र उपचारको लागी उपस्थित हुन काठमाडौँ मेडिकल कलेजले अनुरोध गरेको छ ।
फागुन २० र २१ गते रोल्पा अस्पताल रेउघामा संचालन भएको शिविरबाट २ सय ६० बिरामी रेफर भएका थिए । त्यी रेफर भएका बिरामीलाई काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडले चैत्र ७ गते अप्रेशन र उपचारको लागि बोलाएको थियो ।
सबै बोलाइएको समयमा उपचारको लागि काठमाडौँमा नगएको हुदा कलेजले चैत्र १५ गते सम्ममा उपचारमा उपस्थित हुन सूचना जारी गरेको छ ।
चैत्र १५ गते भित्र कलेजमा उपस्थित भए सोही नियम अनुसार उपचार सहित अप्रेशन सेवा निशुल्क प्रदान गरिने काठमाडौँ मेडिकल कलेजका अस्पताल प्रबन्धक नारायण प्रशाद दाहालले जानकारी दिनुभयो ।
सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना, रोल्पा अस्पतालको सहआयोजना र काठमाडौं मेडिकल कजेलको प्राविधिक सहयोगमा फागुन २० र २१ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
दुई दिनसम्म संचालन भएको शिविरमा करिब २ हजारले सेवा पाएका थिए भने २ सय ६० जना काठमाडौं मेडिकल कजेलमा अप्रेशन र उपचारको लागि छनोट भई रेफर भएका थिए ।





प्रतिक्रिया दिनुहोस्