मालश्री खबर चैत्र १२ गते रोल्पा ।
नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस माडिचौरको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम गरिएको छ ।
क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी सभापति तथा पुर्व राज्यमन्त्री अमरसिंह पुन लगाएतसंग भेटघाट कार्यक्रमको आयोजना गरिएको नेविसंघ प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले जानकारी दिएको छ ।
नेविसंघ क्याम्पस इकाई सभापति मातृका उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश पार्टी सभापति तथा पुर्व राज्यमन्त्री अमरसिंह पुनमगर रहनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य, उपसभापति कविता उपाध्यय, सचिव शेर बहादुर थापा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ति लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै नेविसंघ क्याम्पसको अवस्था र नेविसंघ जिल्लाको वर्तमान अवस्थाको बारेमा समिक्षा गरिएको नेविसंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेजका सह-सचिव शिव ढुंगानाले जाकारी दिनुभयो । नेविसंघको गतिविधिलाई कसरी अगाडी बढाउन सकिन्छ लगाएतको विषयवस्तुमा केन्द्रित रहेर छलफल गरिएको बताइएको छ ।
नेविसंघका कोषाध्यक्ष प्रतिक पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सह-सचिव शिव ढुंगानाले गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्