Ad image

अग्रज साहित्यकार गायत्री घर्तीको श्रद्धाञ्जली सभा लिबाङमा सम्पन्न

malashree
malashree ११ चैत्र २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर, चैत्र ११ गते रोल्पा ।

नेपाली कांग्रेसकी क्रियासिल सदस्य तथा अग्रज साहित्यकार एंव नेपाल सिक्षक संघ लुम्बिनी प्रदेश प्रतिनिधि गायत्री घर्तीमगरको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस माडी गाँउपालिका वडा न। २ रोल्पा, नेपाल शिक्षक संघ रोल्पा, नेपाल लेखक संघ रोल्पा, राप्ती साहित्य परिषद रोल्पा र ललित साहित्य परिषद रोल्पाको आयोजनामा स्वर्गीय गायत्री घर्तीमगरको आफ्नै निवासमा ७ औँ दिनको पुन्य तिथिको अवसरमा निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेस माडी गाउँपालिका वडा न २ का पाटी सभापती प्रताप बुढामगरको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी सभापती एंव पुर्ब राज्यमन्त्री अम्मरसिंह पुनमगर रहनु भएको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी सभापती अम्मरसिंह पुनले गयत्री घर्तीको आत्माको चिर सान्तीको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ती मिलोस भन्दै सभवेदान व्यक्त गर्नु भएको छ ।

मानिस जन्मदै मृत्यु लिएर आउने भएको हुदा मृत्युलाई टार्न नसकेपनी यती चाडै संसार छोड्नुले नेपाली कांग्रेस र साहित्य आकाशमा अतुलनिय क्षती पुगेको भन्दै दुःख व्यक्त गर्नु भयो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य भगवती मल्ल, राप्ती साहित्य परिषद रोल्पाकी अध्यक्ष कबिता उपाध्याय र ललित साहित्य परिषद रोल्पाकी अध्यक्ष केबी बिरहीले शोक मनतव्य राख्नु भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रमको अतिथिहरुमा पुर्व सहायक मन्त्री भिमकुमारी बुढामगर, पुर्व सांसद लेखानाथ आचार्य, नेपाली कांग्रेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्य, पुर्ब सभापतिहरु कृष्ण बहादुर घर्तिमगर, माधब प्रसाद आचार्य लगाएत जिल्ला कार्यसमितीका पदाधिकारी, क्षेत्रीय सभापतिहरु लगाएत नेपाली कांग्रेसको बिभिन्न भातृ एंव शुभेच्छुक संघ संगठनका प्रमुख अतिनिधीहरुको समेत आतिथ्यता रहेको थियो ।

परिवारको तर्फ बाट स्र्वगिय गायत्री घर्तिमगरका देवर बिजय घर्तिमगरले आफुहरुलाई दुःखको घडिमा शोकला शक्तिमा बदल्नको लागी बिभिन्न क्षेत्रमा साथ सहयोग, हौसल्ला प्रदान गर्नुका साथै आफुहरुलाई सम्बेदना ब्यक्त गर्ने सबैलाई धन्यवाद समेत दिनु भएको छ ।

नेपाली कांग्रेसकी क्रियाशिल सदस्य, नेपाल शिक्षक संघकी पुर्ब लुम्बिनी प्रदेश प्रतिनिधि, अग्रज सहित्यकार गायत्री घर्तिमगर नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सभापती, समाजसेवी एंव राजनितिज्ञ कृष्ण बहादुर घर्ती मगरकी धर्मपत्नी समेत हुनुहुन्छ । घर्ती मगरको यहि चैत्र ४ गतेका दिन ५० वर्षको कलिलो उमेरमा आफ्नै निवास लिबाङमा निधन भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रमको संचालन नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने गर्नुभएको थियो ।

 

 

malashree

प्रतिक्रिया दिनुहोस्