Ad image

सुनिलस्मृति-१ मा खानेपानी सम्बन्धि सचेतनामूलक कार्यक्रम

मालश्री खवर
मालश्री खवर १० चैत्र २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, चैत्र १० गते रोल्पा ।

विश्व पानी दिवसको अवसरमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ को टुसारपानीमा विविध कार्यक्रम गरी मनाइएको छ । आइ एन एफ नेपाल रोल्पा र सुनिलस्मृति गाउँपालिकाको सहकार्यमा सञ्चालित कार्यक्रम अन्तरगत सनिलस्मति १ को वडा स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा विश्व पानी दिवसको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको आइ एन एफ रोल्पाले जनाएको छ ।

वडा स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष पवन कुमार कँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनिलस्मृति गाउँपालिका कार्यपालिका सदस्य तुल्सी सुनार रहनुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको उदेश्यको बारेमा आइ एन एफ रोल्पाका सव-इन्जिनियर गोविन्द प्रसाद रिजालले प्रकाश पार्नुभएको थियो । वर्तमान समयमा पानीको मूहानहरु सुक्दै जाने, पानीका मुहानमा फोहोर गर्दा दुसित पानी पिउने पर्ने अवस्थामा पानी स्वच्छ र गुणस्तरीय खानको लागि आई एन एफले गर्ने भूमिकाको बारेमा साथै दुसित पानीको कारण लाग्ने विभिन्न रोगहरुको बारेमा कार्यक्रममा सहभागीहरुलाई सजग गराउनु भएको थियो ।

कार्यक्रममा बोल्ने बोक्ताहरुले यस खालको कार्यक्रम उपलब्धी मुलक रहेको बताएका थिए । गाउँघरमा स्वच्छ पानीको बारेमा धेरैलाई जानकारी कम भएकोले यस खालको कार्यक्रमले जनतालाई सहयोग पुर्याएको सुनिलस्मृति कार्यपालिका सदस्य तुल्सी सुनारले बताउनु भयो ।

यस खालको कार्यक्रमले सुद्ध खानेपानीको विषयमा नागरिकलाई राम्रो ज्ञान दिएको वडा अध्यक्ष पवन कुँवरले बताउनु भएको छ ।

कार्यक्रममा सहभागी बालबालिकाहरुले पानीको बारेमा सचेतनामूलक सन्देश दिन नाटकहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु, महिला समूह विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array