Ad image

महावीर पुनको आत्मकथा रोल्पामा २३ सय थान बिक्री

मालश्री खवर
मालश्री खवर ९ चैत्र २०८०, शुक्रबार
3 Min Read
Aa

भरत विश्वकर्मा/ चैत्र ८ गते रोल्पा ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक, डा.महावीर पुनको आत्मकथा रोल्पाको विभिन्न क्षेत्रमा २३ सय बराबरको संख्यामा बिक्री भएको पाइएको छ  । चैत्र ६ गते साँझ रोल्पाको सदरमुकाम लिवाङमा आउनुभएका उहाँ ९ गते दिउँसो सम्म रोल्पाको विभिन्न क्षेत्रमा रहनु भयो ।

विरगञ्जमा रहेको ३० वर्ष पुरानो कृषि औजार कारखाना पुनः सञ्चलानका लागि आफ्नो आत्मकथा बिक्रीको अभियानमा रोल्पा आउनु भएका उहाँ रोल्पा स्थित वभिन्न सरकारी कार्यालय, विद्यालय मुख्य व्यापारिक केन्द्रहरुमा पुस्तक विक्रीको लागि रहनु भयो ।

- Advertisement -
Ad image

चैत्र ६ गते साँझ रोल्पाको सदरमुकाम लिवाङ आइपुग्नु भएका डा.पुनलाई रोल्पामा क्रियाशिल पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले स्वागत गरे । उहाँ चैत्र ७ गते दिनभरको समय र ८ गते दिउँसो सम्म रोल्पाको लिवाङमा रहेको जलजला बहुमुखी क्याम्पस, लिवाङको बजार क्षेत्र, कृषि क्याम्पस माडिचौर, मेवाङको बहुप्राविधिक शिक्षालय, वालकल्यान मावि लिवाङ, विभिन्न सरकारि कार्यालयहरु, जिल्ला प्रहरी कार्यालयल,  वटुकदल गण व्यारेक लिवाङ, जिल्ला प्रशासन कार्यालय रोल्पा, हुदै पूर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र समेत रहेको सुलिचौर बजारमा चैत्र ८ गते साझको समयमा आउनु भयो । त्यहाँ विद्यालयहरुमा र सरकारी कार्यालयहरुमा अभियानको बारेमा केही मन्तव्य राख्दै आत्मकथा विक्रीमा लाग्नुभयो । लिवाङमा रहेका विभिन्न कार्यालयहरुले संस्थागत रुपमा र कर्मचारीहरुले व्यक्तिगत रुपमा पनि पुस्तक किने ।

चैत्र ८ गते साँझ आत्मकथा बिक्रीको अभियानमा डा. पुन पुर्वी रोल्पाको सुलिचौरमा पुग्नुभयो । त्यहाँ सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, गाउँपालिकाका कर्मचारी, पत्रकार लगाएतले पुनलाई स्वागत गरे । पुनको अभियानलाई साथ दिनको लागि गाउँपालिकाले संस्थागत रुपमा र गाउँपालिकामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक किनेर सहयोग गरे ।

जिल्लामा अभियानको रुपमा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापती काँशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, रोल्पा अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापा,  लगाएत वभिन्न सरकारी कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ रोल्पा, स्थानीय व्यापरी लगाएतले साथ दिएका थिए ।

अर्को दिन विहान अर्थात चैत्र ९ गते सुलिचौरमा अवस्थित सुर्योदय माध्यामिक विद्यालय, जलजला वोर्डिङ स्कुल, रोल्पा सनलाईट वोर्डिङ स्कुल,  सुलिचौर रुइनिबाङको बजार क्षेत्र हुँदै खुङ्ग्रीमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालय, ज्ञान मन्दिर विद्या गृह, स्वास्थ्य चौकी लगाएतको क्षेत्रमा पुस्तक विक्रीको अभियान रह्यो । त्यहाँ संस्थागत रुपमा र व्यक्तिगत रुपमा पुस्तक खरिद भयो ।

पुर्वी रोल्पाको सुलिचौरु आसपासको क्षेत्रमा पुस्तक विक्रीको अभियानमा रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिलन रोकामगर, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, नेपाली काग्रेस जिल्ला सह-सचिव गञ्ज क्षेत्री,  पत्रकार लगाएतको टोलीले अभियानमा साथ दिएका थिए ।

रोल्पामा पुस्तक विक्रीको अभियानमा खाना वस्न, यातायात लगाएतको व्यवस्थापन स्थानीय व्यापारीहरुले गरेका थिए ।

जहाँ गयो स्वागत र सम्मानः

विरगञ्जमा रहेको करिव ३० वर्ष भन्दा लामो समयसम्म सञ्चालनमा नरहेको कृषि औजार कारखाना पुनः सञ्चलानका लागि आत्मकथा विक्रीको देश व्यापी अभियानमा रहनु भएका उहाँले प्रायठाउँमा स्वागत र सम्मान गरिएको देखियो । रोल्पाको प्रायजसो ठाउँमा उहाँलाइ स्वागत र सम्मान गर्न आतुर रहेको देखियो । रोल्पाका विभिन्न सरकारी कार्यालयहरुले डा.पुनलाई मायाको चिनो, सम्मान पत्र, खादा मालाका साथै वभिन्न सामाग्रीहरु उपहार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array