Ad image

शिव ध्वजारोहरण स्नेह मिलन कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर ७ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र ७ रोल्पा

शिव ध्वजारोहण एंव स्नेह मिलन कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण नेपाल जिल्ला शाखा रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख राजयोगिनी गीताको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ, सामाजिक अभियान्ता एवं अधिकारकर्मी कविता उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पछिल्लो समय नेपालमा हुने घटनाको प्रमुख कारण प्रविधिमा आएको परिवर्तनले गर्दा हुने गरेको भन्दै त्यसको लागि ब्रह्माकुमारी विश्व विद्यालयले जीवन जीउने कला सिकाउनको लागि सबै सामु पुग्नुपर्ने बताउनुभयो ।

- Advertisement -
Ad image

यस्तै ब्रहमाकुमारीज राम्तीक्षेत्रकी प्रमुख राजयोगिनी गीताले ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय सबै धर्मलाई समेटेर धर्मको अर्थ सत्य श्रेष्ठ शुद्ध आचरणका धारणा गर्नु नै धमै हो भन्ने संस्कार बनाउने संस्था भएको बताउनुभयो ।

ब्रह्माकुमारीज राम्तीक्षेत्र सचिव शिवलाल महतारा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रामनारायण गुप्ता, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्य ,नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मानसिंह वि.क लगायतको आतिथ्यता रहेको थियो ।

ब्रह्माकुमारीज रोल्पा शाखाकी ब्रह्माकुमारी पुष्ष के.सी को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी माधव तिमिल्सिनाले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array