Ad image

लुङ्ग्री-६ गुम्चालद्वारा सहिद परिवारलाई सम्मान

मालश्री खवर
मालश्री खवर ५ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, चैत्र ४ गते लुङ्ग्री रोल्पा ।

लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ गुम्चालेले सहिद परिवारलाई सम्मान गरेको छ । वडा कार्यालयले आइतबार एक कार्यक्रमका बिच तत्कालिन १० बर्षे जनयुद्धको समयमा २०५८ साल चैत्र ४ गतेका दिन पाटेगुम्चालको घटनामा ज्यान गुमाएका परिवारलाई सम्मान गरेको हो ।

तत्कालिन १० वर्षे जनयुद्धको समयमा त्यस क्षेत्रमा भएको घटनामा परेर ४६ जनाको ज्यान गएको थियो । युद्धमा परि ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा वडा कार्यालयले सहिद परिवारलाई सम्मान गर्नुका साथै विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष जोख बहादुर बुढाथोकीले बताउनु भयो । युद्धमा परेर धेरैले ज्यान गुमाए कति परिवार घरवार विहिन भए उहाँहरुको सम्झना स्वरुप वडाले  यस खालको कार्यक्रम गरेको उहाँको भनाई छ ।

- Advertisement -
Ad image

कार्यक्रमको उद्धाटन लुम्बनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना खड्का बुढा, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा, रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगर, रोल्पा नगरपालिकाका निर्वतमान मेयर पुर्ण केसी, सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आस बहादुर बुढामगर, लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो ।

   

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र कुमार पुनले नेपालको इतिहासमा जनयुद्धको थालनी गरेपछि दोहोरी भिडन्तको क्रममा एउटै क्षेत्रमा सयौँ जनाले बलिदान दिएको बताउदै ति सहिदहरुको सम्मानको लागि यसखालको कार्यक्रम महत्वपुर्ण भएको बताउनु भयो । सहिदहरुको बलिदानकै कारण आजको व्यवस्था भएको बताउनु भयो । उहाँले देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनमा सहिदहरुको ठुलो योगदान रहेको बताउनु भयो ।

व्यक्तिगत, पार्टीगत,पारिवारिकले क्षेति भएपनि संस्थागत रुपमा देश परिवर्तन भएको बताउदै यो परिवर्तनको खातिर देशका लागि ज्यान समर्पित गर्ने सहिदको सम्मान गरिन उपयुक्त रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array