Ad image

चैत्र ४ गतेसम्म डहरेभिर सडकखण्ड अबरुद्ध हुने

मालश्री खवर
मालश्री खवर २० फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, फाल्गुन २० गते रोल्पा ।

लिवाङ-धाङसी-जलजला सडक खण्ड अन्तर्गत डहरेभिर खण्डमा नियमित सवारी आवागमन बन्द हुने भएको छ । उक्त क्षेत्रमा सडक सुधार कार्य भईरहेकोले निश्चित समयमा मात्र सवारी आवागमन खुल्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

उक्त क्षेत्रमा फाल्गुन २० गतेदेखि चैत्र ४ गते सम्म सवारी आवागमन निश्चित समयमा मात्र हुने भएको छ । जिल्ला प्रशासण कार्यालय रोल्पाले जारी गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उक्त क्षेत्रमा बिहान साढे ९ बजे देखि साढे १० बजे सम्म र अपरान्ह साढे ४ बजेदेखि साढे ५ बजेसम्म मात्र सडक आवागमन खुल्ने बताइएको छ । भने अन्य समयमा सडक आवागमन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array