Ad image

तेस्रो रोल्पा महोत्सवको लुम्बिनी प्रदेशका पुर्ब अर्थ मन्त्री महराद्धारा उद्धघाटन

मालश्री खवर
मालश्री खवर १७ फाल्गुन २०८०, बिहीबार
6 Min Read
Aa

मालश्री खबर, फागुन १७ रोल्पा 
तेस्रो रोल्पा महोत्सव २०८० को आज सदरमुकाम लिबाङमा उद्धघाटन गरिएको छ । रोल्पा जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि भन्ने मुल नाराको साथ संचालन हुनलागेको आयोजकले जानकारी दिएको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यको अध्यक्षतामा भएको महोत्सव उद्धघाटनको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशका पुर्ब अर्थ मन्त्री तथा प्रदेश सभा सदस्य जोख बहादुर महरा रहनु भएको थियो ।

कार्यक्रमको बिशिष्ट अतिथिहरुमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय प्रतिनिधी केन्द्रिय सदस्य तथा आर्थिक विकास समितीका सभापति किशोर कुमार आचार्य र लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रदेशका पुर्ब अर्थ मन्त्री तथा प्रदेश सभा सदस्य जोख बहादुर महराले हिजो आत्मनिभर रहेको नेपाल आज परनिर्भता भएकोले अब नेपाल आफ्नो खुट्टामा उभिन सके देश संगै रोल्पा पनि माथि उठ्न सकिने बताउनुभयो । सबैले सकारात्मक सोच र प्राकृतिक सम्पदाहरुलाई सहि तरिकाले उपयोग गर्न सकेमा रोल्पालाई माथि उठाउन सकिने उल्लेख गर्नुभयो ।
अर्थतन्त्रमा निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले निजि क्षेत्र लगानी, प्रसार प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । दुनियाँ डिजिटन भएकोले अब उत्पादन बस्तु डिजिटनबाट बजारीकरण तर्फ पनि ध्यान दिन अनुरोध गर्नुभयो । नेट इन्टरनेटको माध्यमबाट देशमा उत्पादन भएका बस्तु बिदेश सम्म पनि बजारिकरण गर्न सकिने तर्फ सबैको ध्यान जान जरुरी रहेको त्यसमा आफु सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका बिशिष्ट अतिथिहरुमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय प्रतिनिधी केन्द्रिय सदस्य तथा आर्थिक विकास समितीका सभापति किशोर कुमार आचार्यले रोल्पा महोत्सवबाट आर्थिक लाभ र स्थानीय स्तरको उत्पादनलाई बजारिकरण गर्न सहयोग मिल्नेमा आफु आसावादी रहेको उल्ले गर्नु भयो । उद्योग वाणिज्य संघले आर्थिक लाभ मात्र नभएर आज नागरिकको दैनिक जिवनमा टेवा पुग्ने काम गर्ने काम गरिरहेको बताउनु भयो । रोल्पामा धेरै सम्भावन भएको विभिन्न कलकारखाना खोल्न सकिने तर त्यसको लागि केन्द्रिय सरकारको ध्यानआकर्षण हुन जरुरी रहेको भनाइ राख्नु राख्नु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले व्यापारिक मेला भनेको अर्थ संग जोडिने कुरा हुदा अर्थलाई ध्यान दिनु पर्ने बताउनु भयो । विभिन्न काल खण्डमा विश्वले भोगिरहेको आर्थ अभावले विश्वलाई प्रभाव पारिरहेको हुदा नेपाल पनि त्यसबाट अछुतो हुन नसक्ने बताउनुभयो । देश आर्थिक अभावमा चलिरहेको यो समयमा यस मेला महोत्सव संचालन भइरहेकाले देशमा केही न केही मात्र भएपनि आर्थिक संकलन हुने अपेक्षा व्यक्त गर्नुभयो । रोल्पाका स्थानीय तह सबै खाद्यान्न मा आत्मनिभर हुन नसके पनि सकेको अन्नबालीमा आत्मनिर्भर हुन सकेमात्र यो मेलाको सान्दर्भिक हुने बताउनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाकी उपसभापति कबिता उपाध्याय, नेकपा एमाले रोल्पाका सचिव अमृत बुढामगर, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका सयोजक पुर्ण केसी, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल रोल्पाका अध्यक्ष केशर बहादुर पुन, नेपाल कम्यूनिष्ट पाटीका प्रतिनिधी टिकाराम नेपाली, लुङ्ग्री गाँउपालिका अध्यक्ष भरत कुमार थापा, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुबेदी, प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नर्कमि, र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर लगाएत शुभकामना मनतव्य राख्नु भएको थियो । आज बाट सुरु भएको महोत्सव आगामी फागुन २६ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको संचालन तेस्रो रोल्पा महोत्सव मुल समारोह समितीका सदस्य सचिव भोलानाथ आचार्यले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, कलाकार लगाएतको आतिथ्यता रहेको थियो । उद्धघाटन समारोहमा बिभिन्न पालिका, बिद्यालय, आमा समुह, स्थानीय कलाकारहरुले आफ्नो झाकि सँगै नृत्य समेत प्रस्तुत गरेका थिए ।

महोत्सवमा हरेक दिन स्थानीय र राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुबाट लोकदोहोरी, साँगीतिक, सांस्कृतिक तथा हाँस्यव्यगात्मक प्रस्तुतीहरु रहने बताइएको छ । स्थानीय उद्योगवाट उत्पादित बस्तुहरु, कृषि, पशु तथा वनजन्य उत्पादन र जडिबुटीहरुको प्रदर्शनी, बिक्रि तथा प्रचार प्रसार ।उत्कृष्ट किशान तथा उद्यमीलाइ पुरस्कृत गरिने । स्थानीय संस्कृति झल्कने सारङ्गी नाच, मयुर नाच, र पैसारु नाच प्रर्दशन हुने । नेपाली, नेवारी, मगर र गुरुङ्ग खाना र चमेना गृह सञ्चालन हुने । महोत्वसव अवधिमा गोष्ठि तथा सेमिनार सन्चालन गरिने, रोल्पाका सवै स्थानीय तहहरुको पर्यटन, उत्पादन र संस्कति सम्वन्धी स्टल रहने, बाल उद्यान तथा रमाइलो मेला संचालन, रोल्पा जिल्लाका सवै स्थानीय तहहरुको पर्यटन, उत्पादन तथा संस्कृति प्रदर्शनिका लागि एक एक ओटा स्टल रहेको छ । साथै उत्कृष्ट पालिकालाइ पुरस्कृत गरिने र महोत्सव अवधिमा योग शिविर सञ्चालन समेतको संचाल हुने बताइएको छ ।

महोत्सवका मुख्य उद्देश्यहरु मा, रोल्पा जिल्लाको संस्कृति, परम्परा र रितिथितिको प्रचारप्रसार र प्रवर्दन गर्ने, स्थानीय स्तरमा भएको उत्पादन, श्रोत, साधन र शिपको पहिचान गरि बजारीकरण गर्ने, पर्यटकिय स्थलहरुको प्रवर्दन गरि यसको व्यवसायिकतामा स्थानीय तहहरु संग समन्वय गरि विकास गर्ने, लगानी क्षेत्रको पहिचान गरि स्थानीय तहहरुसंगको साझेदारीमा प्रवर्दनमा टेवा पुर्याउने, कृषि क्षेत्रको आधुनिकिकरण र जडिवुटीजन्य खेतिको व्यवसायिकरणमा टेवा पुर्याउने, यस क्षेत्रमा औद्योगिक लगानिको सम्भावना पहिचान गरि यसको विकासमा टेवा पुर्याउने उदेश्यका साथ महोत्सव संचालन गरिएको रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यले जानकारी दिनु भएको छ ।
महोत्सव अबधि भरमा जेष्ठ नागरिक, फरक क्षमता भएका तथा सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तित्वहरुलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरिएको बताइएको छ । त्यसका लागि नेपाल सरकारले उपलब्ध गराएको परिचयपत्र अनिवार्य साथमा लिएर आउनु पर्ने समेत महोत्सव मुल आयोजक समितीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array