Ad image

बालकल्याण माविले सुरु गर्‍यो नौलो अभ्यास, समुदायमै अभिभावक अभिमुखिकरण

मालश्री खवर
मालश्री खवर १७ फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर/फाल्गुन १७ गते रोल्पा ।

बालकल्याण नमुना मा.वि. लिवाङले अभिभावकको घर – टोल – समुदायमै पुगेर विद्यार्थीको सिकाई स्तर सुधारको लागि “घुम्ती अभिभावक भेला- अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम” सुरु गरेको छ ।

विद्यालयले फाल्गुन १६ गते बुधवारकादिन रोल्पा नगरपालिका वार्ड नम्बर – २,६ र त्रिवेणि गा.पा.-१ स्थित देउराली -धावाङ-सिवाङधारा टोल-समुदायका अभिभावकहरुसग रोल्पा नगरपालिका वार्ड नम्बर -६ स्थित श्री आधारभुत विद्यालय धावाङमा सम्पन्न गरेको छ ।

- Advertisement -
Ad image

बालकल्याणको इतिहासमै पहिलोपटक यस प्रकारको अभिमुखिकरण कार्यक्रमले नयाँ अनुभुति दिलाएको र यस प्रकारको कार्यक्रमको सान्दर्भिकता र प्रतिफल पनि बिशिस्ट रहने बिश्वास पलाएको कुरा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जितबहादुर डागीले बताउनु भएको छ । सबै टोल समुदाय तथा सेवा क्षेत्रका हजारौं अभिभावकहरुसग विद्यालयको प्राङ्गणमै एकमुष्ट भेला तथा अन्तरक्रिया गर्दा प्राप्त हुने प्रतिफल भन्दा यस प्रकारको समुदाय लक्षित सानो कार्यक्रमको सान्दर्भिकता उच्च रहने र आगामी दिनहरुमा यसलाई अझ बिशिस्ट अभियानकै रूपमा लैजानेकुरा प्रधानाध्यापक मधुसूदन पोख्रेलले बताउनु भयो ।

समुदाय लक्षित यस कार्यक्रम रोल्पामै नयाँ भएको र आफ्नै घर आगनमै हाम्रा बाबुनानिहरुको प्रगति रिपोर्ट सहित सन्तानको भबिस्यनिर्माणको लागि अभिभावकहरुको दायित्व के रहन्छ भन्ने सन्दर्भमा भएको अन्तरक्रिया तथा अभिमुखिकरणले हामी अभिभावकहरुको आँखा खोलिदिएको कुरा उपस्थित अभिभावकहरुले सुनाउनु भयो ।

बालकल्याण नमुना मा.वि. लिवाङका सहायक प्रधानाध्यापक लेखमणि खड्काको सहजीकरण र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जितबहादुर डागीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक मधुसूदन पोख्रेलले मुख्य रूपमा अभिमुखिकरण गर्नु भएको थियो । विद्यालयले यसअघि रोल्पा नगरपालिकाको वडा नम्बर ९ गर्पाको तमारी टोलमा पनि अभिमुखीकरण सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array