Ad image

रोल्पा बहुप्राविधिक शिक्षालयले मनायो वार्षिकोत्सव

मालश्री खवर
मालश्री खवर १६ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १६ रोल्पा ।
रोल्पा बहुप्राविधिक शिक्षालयले ७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव संगै प्राविधिक शिक्षा, व्यावसायिक तालिम सिटिईभिटिको ३६ आँै स्थापना दिवस पनि मनाएको छ ।

रोल्पा नगरपालिका १ मेबाङमा रहेको रोल्पा बहुप्राविधिक शिक्षालय आज (बुधवार) एक कार्यक्रमका बीच वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रममा भलिवल, फुटबल, दौड प्रतियोगिताहरु संचलन भएका थिए ।

कार्यक्रमको अध्यक्षमा बहुप्राविधिक शिक्षालयका प्रमुख बसन्त कुमार टन्डन रहनु भएको थियो । प्रमुख अतिथिमा रोल्पाका नगरपालिकाका प्रमुख सुरेन्द्र थापा रहनु भएको थियो । विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी परमान्द घिमिरे, रोल्पा नगरपालिका निवर्तमान प्रमुख पुर्ण केसी रहनु भएको थियो ।

अतिथिहरुमा खेलकुल विकास समितिका अध्यक्ष मोलङ घर्तीमगर, प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी श्याम सारु मगर, ससत्र प्रहरी बल रोल्पाका प्रमुख बिष्णुदत्त अवस्थी रहनु भएको थियो ।

- Advertisement -
Ad image

बाली विज्ञान कार्यक्रम संयोजक पवन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षालयका लेखापाल गञ्ज बहादुर कव्रले गर्नु भएको थियो

 

प्रतिक्रिया दिनुहोस्

Array