Ad image

सुरक्षित आप्रवासन कार्यक्रमको अर्धवार्षिक समिक्षा लिबाङमा

मालश्री खवर
मालश्री खवर १६ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, फागुन १६ गते रोल्पा

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाले अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ को समिक्षा गोष्ठि सम्पन्न गरेको हो ।

रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठिको संचालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाका पारामर्शकर्ता स्मृति रोकाले गर्नु भएको थियो । गोष्ठिको अवसरमा हाल सम्म भए गरेको प्रगतिका बारेमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाका जिल्ला संयोजक शरद पोख्रेलले गर्नु भएको थियो भने सामी कार्यक्रमको आगामी कार्यदिशाका बारेमा वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत विष्णु अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, रोल्पा नगरपालिकाका उप–प्रमुख गीता आचार्य, सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवि खत्रीनी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रोल्पा प्रहरी प्रमुख (डियसपी) श्याम शारुमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, रोजगार संयोजक, विभिन्न पत्रपत्रिका, संचार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

समिक्षा गोष्ठिमा सामी कार्यक्रमले गरेका कामहरु, परामर्श, वित्तिय साक्षरता, मनोपरामर्श, काम सम्पन्न गर्दा आयका चुनौती, समाधानका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी गराइएको थियो । आगामी दिनहरुमा परामर्श, वित्तिय साक्षरता र मनोपरामर्शका लागि विभिन्न गाउँपालिकाहरुले पनि सहकार्य गर्नु पर्ने सामी कार्यक्रमले प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा उपस्थित गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी सकरात्मक देखिएका थिए भने कार्यक्रम लागु नभएका र कार्यक्रममा उपस्थित नभएका पालिकाहरुलाई पनि यसको महत्वका बारेमा जानकारी गराइ सबै पालिकामा लागु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array