Ad image

स्रष्टा चौतारीका ८७ औँ श्रृङ्खला

मालश्री खवर
मालश्री खवर १६ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १६ गते रोल्पा ।

स्रष्टा चौतारीको ८७ औँ श्रृङ्खला रोल्पा नगरपालिका २ मुलपानिमा संचालन भएको छ ।

हरेक महिनाको १५ गते हुने स्रष्टा चौतारी कार्यक्रम विभिन्न स्थानमा हुने गर्छ । फागुन १५ गतेको ८७ औँ श्रृङ्खला रोल्पा नगरपालिका २ मुलपानीमा रहेको भु–तथा जलाधार रोल्पाको कार्यालयमा संचालन भएको हो ।

राप्ती साहित्य परिषद रोल्पा शाखाको आयोजना र भु–तथा जालधार कार्यालय रोल्पाका प्रमुख रोर्वट महराको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

अग्रजलाई सम्मान, अनुजलाई स्वागत गर्दै सबैको सिर्जना सुन्ने, सुनाउने उद्देश्यले राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पा शाखाले यो कार्याक्रम गर्ने गरेको छ ।

कार्यक्रममा राप्ती साहित्य परिषद जिल्ला शाखाका अध्यक्ष कविता उपाध्याय, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायव उपरिक्षक स्याम सारु मगरको उपस्थित रहेको थियो ।

त्यस्तै ससत्र प्रहरी नायव उपरिक्षक बिष्णु दत्त अबस्थी, नेपाली लेखक संघ सङ्घका केन्द्रिय समिति कोषाध्यक्ष दामु मर्सिफुल लगायत विभिन्न साहित्य प्रतिष्ठानका प्रतिनिधी, विभिन्न कार्यालयबाट कर्मचारी पत्रकार उपस्थितमा कार्यक्रम सम्पन्न भएको राप्ती साहित्य परिषद रोल्पा शाखाले रेडियो मालश्री लाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array