Ad image

रोल्पाको थबाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु

मालश्री खवर
मालश्री खवर १२ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १२ गते रोल्पा

रोल्पाको थबाङमा भिरबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ ।

थबाङ गाउँपालिका वडा नं. ३ लापाबाङ निवासी दलप बुढामगरको मृत्यु भएको हो । ४९ बर्षका बुढामगर अबेर सम्म घर नफर्केपछि स्थानियहरुले खोजतलास सुरु गरेका थिए ।

मिरुल देखि रापागाउँ जाने गोरेटो बाटोमा काम गरी अबेर सम्म घर नफर्केपछि आफन्त र स्थानियहरुले खोजी गर्दा बुढा मृत भेटियको रोल्पा प्रहरी प्रवत्ता एवं सुचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनु भएको छ । फाल्गुन ११ गते साँझ ११ बजे सम्म बुढा घर नफर्के पछि खोजतलास सुरु गरिएको पारिवारीक स्रोतले जनायको छ ।

- Advertisement -
Ad image

बिन कुमारी बुढामगरको श्रीमान थबाङ गाउँपालिका वडा नं. ३ बालदुकार स्थित सामुदायिक बनको बाटो देखि २ सय मिटर तल मृत भेटियको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

घटना भएको जानकारी हुना साथ अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक कृष्ण सोनिको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

अहिले मृतकको लासलाई पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array