Ad image

औषधी व्यावसायी संघ रोल्पाको अध्यक्षमा शिव आचार्य चयन

मालश्री खवर
मालश्री खवर १२ फाल्गुन २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, फागुन १२ गते रोल्पा

नेपाल औषधी व्यावसायी संघ जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनः शिव प्रसाद आचार्य चयन हुनु भएको छ ।

उपाध्यक्षमा भक्ति बहादुर मिया, महासचिवमा अमृत बहादुर घर्ति, कोषध्यक्षमा अशोक आचार्य, सदस्य नरबहुर खड्का, कुलबहादुर डाँगी र लेपेन्द्र बहादुर बुढाथोकी चयन हुनु भएको छ ।

नेपालमा वि.स. २०३० सालमा स्थापना भएको औषधी व्यावसायी संघमा अहिलो २८ हजार सदस्य रहेका छन् ।

- Advertisement -
Ad image

२६ सदस्य रहेको नेपाल औषधी व्यावसायि संघ रोल्पामा अहिले १६ वटा व्यावसाय नविकारण भएका छन् । नेपाल औषधी व्यावसायि संघको सदस्य हुनको लागि औषधी पसल नेपाल सरकारमा पहिलो दर्ता भएको हुनुपर्ने हुन्छ ।

रोल्पामा औषधी व्यावसायी धेरै भएपनि दर्ता भएका पसल कम भएकोले सदस्य सङ्ख्यामा कम भएको औषधी व्यावसायी संघ रोल्पाका सदस्य कुलबहादुर डाँगीले उल्लेख गर्नुभयो।

औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले नेपालमा ९० प्रतिशत औषधी व्यावसायीबाट औषधी खपत हुने भएकोले सरकारले ९० प्रतिशत व्यावसायीलाई कानुन भन्दा बाहिर राखेर बनाएको कानुन प्रभावकारी हुन नसक्ने बताउनु भयो । राज्य व्यवस्थाले औषधी व्यावसायीहरु व्यावहारीक हुदा हुदै पनि सत्रुको व्यावहार गरेको आरोप लागाउनु भयो ।

औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अमृत सुवेदीले सरकारले औषधी ऐनमा जस्तो सुकै व्यावहार गरेपनि जनस्वास्थ्यको ख्याल गरि सर्वसुलभ तरिकाले औषधी प्रदान गर्नु औषधी व्यावसायीको धर्म रहेको बताउनुभयो ।

नेपाल औषधी व्यावसायि संघ रोल्पाका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा भएको अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली रहनु भएको थियो । विशिष्ट अतिथिमा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी रहनु भएको थियो ।

अतिथिहरुमा औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अमृत सुवेदी, महासचिव लुकराज न्यौपाने, सचिव सुर्यमणी न्यौपाने, सदस्य थानेश्वर ज्ञवाली, नेपाल औषधी व्यावसायि संघ दाङ जिल्लाका अध्यक्ष विष्णु पौडेल, महासचिव सुनिल रेग्मी, उपकोषाध्यक्ष कृष्ण श्रेष्ठ, जिल्ला अस्पताल रोल्पाका अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापा, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काशिराम डाँगी लगायत औषधीको क्षेत्रमा काम गर्ने विभिन्न सस्थाबाट, संचार माध्यमबाट मिडियाकर्मीको उपस्थित रहेको थियो ।

औषधी व्यावसायी संघ रोल्पाका सदस्य कुलबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन औषधी व्यावसायी संघ रोल्पाका महासचिव भक्ति बहादुर मियाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array