Ad image

ग्लोबल आइएमई बैँकद्वारा धबाङमा वित्तिय साक्षरता तालिम

मालश्री खवर
मालश्री खवर १२ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर /फाल्गुन १२ गते रोल्पा ।

ग्लोबल आइएमई बैँक लिबाङ शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आज रोल्पा नगरपालिका १० धबाङमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको ग्लोबल आइएमई बैँक लिबाङ शाखाले जानकारी दिएको छ ।

बैँकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु, डिजिटल बैँकिङ, बैँकिङ शिक्षा लगाएत समग्र विषयवस्तुमा आधारित रहेर प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा स्थानीय वुद्धिजिवी, कृषक, विद्यार्थी, जनप्रतिनिधि लगाएतको सहभागिता रहेको ग्लोबल आइएमई बैँक लिबाङका शाखा प्रबन्धक दिनेश कुमार घर्तिले जानकारी दिनु भएको छ । कार्यक्रमको प्रशिक्षण अपरेशन इन्चार्ज मन्दिप कँवरले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

वित्तिय साक्षरता कार्यक्रमले गर्दा बैँकिङ कारोबार गर्दा हुन सक्ने सम्भावित घटना कम हुने अपेक्षा गरिएको छ । यसले गर्दा आफुहरुलाई ठुलो सहयोग मिल्ने सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा रोल्पा नगरपालिका १० का वडा अध्यक्ष मतिलाल डाँगी, वडा सदस्यहरु, कर्जा अधिकृत टचमान चन्द, बैँकका अन्य कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array