Ad image

रोल्पामा धारीलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

मालश्री खवर
मालश्री खवर १२ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १२ गते रोल्पा/

रोल्पामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका १ जयलखसे का भिमबाहादुर बुढाले आफ्नै श्रीमती मनकुमारी बुढालाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।

शुक्रबार दिउसो ३ बजेको समयमा माडी गाउँपालिका वडा न. १ जयलखसे का ३२ बर्षिय भिमबहादुर बुढाले माधक पदार्थ सेवन गरी आफ्नौ २८ बर्षिय श्रीमती मनकुमारी बुढाको धारिलो हतियार (चक्कु जस्तो देखिने) घाँटिमा प्रहार गरी घटना घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

मनकुमारी बुढा र भिमबहादुर बुढाका १२ बर्षका छोरा, ५ बर्षका छोरी रहेका छन् । .प्रहरी कार्यालय घर्तिगाउबाट प्रहरी निरिक्षक कृष्ण सोनीको कमाण्डमा भिमबहादुर बुढालाई नियन्त्रणमा लिएको छ ।

घटनाको कारण नखुलेको, थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी निरिक्षक राम नारायण गुप्ताले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array