Ad image

रोल्पा र रुकुम पुर्बको मिडिया साक्षरता कार्यक्रम रुकुमकोटमा सुरु

मालश्री खवर
मालश्री खवर ११ फाल्गुन २०८०, शुक्रबार
5 Min Read
Aa

सुर्य प्रकाश बुढामगर मालश्री खबर, फागुन ११ गते रुकुम पुर्ब
रोल्पा र रुकुम पुर्बको मिडिया साक्षरता कार्यक्रम रुकुम पुर्व जिल्लाको रुकुमकोटमा शुक्रबार देखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोगमा मिडिया साक्षरता कार्यक्रम आयोजना गरिएको हो।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको मिडिया साक्षरता कार्यक्रम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन रहनु भएको थियो।कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति रुकुम पुर्वका संयोजक मेघ बहादुर श्रेष्ठ र सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी रहनु भएको थियो ।

उद्धघाटन कार्यक्रममा रुकुम पुर्वका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठ,मिडिया साक्षरता कार्यक्रमका प्रमुख प्रशिक्षक जनार्दन घिमिरे,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष तथा प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने,प्रेस सेन्टर रुकुम पुर्वका अध्यक्ष सर्जना कार्की, प्रेस युनियन रुकुम पुर्वका अध्यक्ष चेत कुमार विसी, प्रेस चौतारी रुकुम पुर्वका अध्यक्ष माधव केसी, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङ, लगायतको आतिथ्यता रहेको थियोे ।


नेपाल पत्रकार महासंघ पुर्वी रुकुम जिल्ला शाखाका अध्यक्ष मैत्या घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको मिडिया साक्षरता कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुरुल पुनले पत्रकार भनेको समाजको पहिलो अंग र ऐना भएको बताउनु भएको छ।पुनले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको जिकिर गर्दै कार्यपालिका,न्यायपालिका,व्यवस्थापिका पछिको चौथो अंग पत्रकारिता भएकोले आँखाले जे देख्छ त्यहीँ लेख्नु पत्रकारिता क्षेत्रको मर्म भएको बताउनु भएको छ।समाजमा जे देख्नु हुन्छ,त्यो लेख्नु तपाईंहरुको धर्म हो–पुनले भने।आफ्नो जिल्लामा पत्रकारिता क्षेत्र भर्खरै मात्र निर्माण भएकोले भौगोलिक विगतता कारण काम गर्न सहज नभएको बताउदै,अहिले मेरो जिल्लाको विभिन्न गाउँ ठाउँमा पुग्न यातायात,सञ्चार लगायतको हिसाबले सहज नभएको बताउनु भएको छ । साथै आफ्नो जिल्लाको पत्रकारिता क्षेत्रलाई सशक्त,चलायमान र विकास गर्न आफूले पह्ल गर्ने समेत बताउनु भएको छ ।


कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रुकुम पुर्वका संयोजक मेघ बहादुर श्रेष्ठले समाजमा भएको आम नागरिकले भोग्दै आएका समस्याहरुलाई उर्जागर गर्न आग्रह गर्दै पत्रकारिता भनेको यस्तो क्षेत्र हो,जसले बन्दुकको गोली भन्दा कलमले धेरै मानिसलाई प्रभावित पार्ने समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image


अर्का विशिष्ट अतिथि सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पछिल्लो समयमा पक्षद्धर समाचार आइरहेकोले त्यसबाट सचेत रहेर निष्पक्ष कलम चलाउनुपर्ने बताउदै आफ्नो जिल्लामा पत्रकारिता गर्न सहज नभएको र भौगोलिक रूपमा अप्ठ्यारो भएको समेत बताउनु भएको छ ।
रुकुम पूर्वका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठले पत्रकारहरुले सत्यतथ्यमा आधारित भएर कलम चलाउनुपर्ने बताउदै आफ्नो कर्ममा निहित भएर काम गर्नुपर्ने बताउनु भएको छ ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगरले पत्रकारिताको आचारसंहितामा रहेर काम गर्नुपर्ने बताउनु बताउदै अहिले पछिल्लो समय जे पायो त्यहीँ भिडिओ राख्ने प्रवृत्ति हावी भएकोले सबै सजग हुनुपर्ने समेत बताउनु भएको छ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी प्रदेश गृह मन्त्रालयको सह्योगमा सुरु भएको मिडिया साक्षरता कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ।लुम्बिनी प्रदेश भित्रका १२ जिल्लाका २÷२ जिल्लालाई केन्द्रित गर्दै कार्यक्रम गर्दै आएको छ ।

रुकुम पुर्वको रुकुमकोटमा भएको मिडिया साक्षरता कार्यक्रम पाँचौ भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जानकारी गराएको छ।शुक्रबार देखि सुरु भएको कार्यक्रममा रुकुम पुर्व जिल्ला र रोल्पा जिल्लाका विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी पत्रकार र राष्ट्रिय मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ।रुकुम पुर्व जिल्ला लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो भने रुकुम पुर्व जिल्ला गाउँपालिका मात्र भएको जिल्ला पनि हो भने रोल्पा जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला रहेको छ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले १२ जिल्लाका सञ्चारकर्मी र पत्रकारहरुलाई एकै ठाउँमा केन्द्रित गरेर कार्यक्रम गर्दा भौगोलिक हिसाबले टाढा हुने र मिडियामा कम जनशक्ति भएकोले त्यसलाई मध्यनजर गरी दुई जिल्लालाई समावेश गरी कार्यक्रम आयोजना गरिएको बताइएको छ।लुम्बिनी प्रदेश कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array