Ad image

सहासिक सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई रोल्पामा सम्मान

मालश्री खवर
मालश्री खवर ११ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, फागुन ११ गते रोल्पा ।

हिमा खड्का

सहासिक सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई रोल्पामा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति रोल्पा र नेपाल पत्रकार महासंघ रोल्पाले हरिबहादुर बुढामगर गृह जिल्ला रोल्पा आउनु भएको अवसरमा बिहिवार रोल्पाको लिबाङमा सम्मान गरेको हो ।

- Advertisement -
Ad image

दुवै खुट्टा गुमाउनु भएका भूतपूर्व गोर्खा सैनिक, विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि विश्व कीर्तिमान बनाउनु भएका सहासिक बुढामगरलाई गृह जिल्लामा सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व हरिबहारदुर बुढामगरले आफु रोल्पाबाट बाट पहिलो पटक काठमाडौ जाँदा रोल्पाबाट आएको हुँ भन्दा पनि हेपिने आवस्था भएको अनुभव सुनाउनु भयो ।

जव आफुले दुबै खुट्टा गुमाउनु पर्यो तव मात्र आफुलाई चिन्न सकेको र अहिले रोल्पा र रोल्पाली, अझ मिरुलमा जन्मिएको भन्दा गर्भ लाग्ने बताउनुभयो ।

मान्छे कस्तो देखिन्छ भन्दा पनि कस्तो काम गर्छ भन्ने महत्वपुर्ण कुरा भएकोले आत्मबल विस्वास र निरन्तर प्रयासले सफलताको शिखर मात्रा होइन सगरमाथाको शिखर पनि चुम्न सकिने उहाका भनाई थियो ।

घुडा भन्दा माथी दुबै खुट्टा गुमाउनु भएको पहिलो सगरमाथा आरोही बुढामगर रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ३ मिरुलमा जम्नुभएको हो ।

बुढामगर रोल्पा रोल्पाली, नेपाल र विश्व कै लागि प्रेरणा र आत्मावलको प्रतिमुक्र्ति हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलले जसरी हरिबहादुर बुढामगर सगरमाथाको शिखर चुम्न सफल हुनभयो त्यसरी रोल्पाका अ्रका गौरव गर्न लायक व्यक्तित्व पुर्व सांसद तथा सामाजिक अभियान्ता बमकुमारी बुढामगरले ७८ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयबाट दिक्षित भई शैक्षिक सगरमाथा चढेको मा दुवै जनालाई बधाई दिनुभयो ।

सम्मान कार्यक्रमको अध्यक्षमा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार रहनु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजल रहनु भएको थियो ।

अतिथिमा पुर्व सांसद तथा समाजिक अभियान्ता वमकुमारी बुढामगर, रोल्पा नगरपालिका निवर्तमान प्रमुख पुर्ण केसी, सम्मिानित व्यतित्व हरिबहादुर बुढामगरका बुवा लगायत विभिन्न व्यक्तिको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array