Ad image

गंगादेवमा संचालन भएको शिविरमा १५ जनाले गरे स्थायी बन्ध्याकरण

मालश्री खवर
मालश्री खवर १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

हिमाली खड्का

मालश्री खबर, फागुन १० गते रोल्पा 

गंगादेव गाउँपालिकामा संचालन भएको स्थायी बन्ध्याकरण शिविरमा १५ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

आज (बिहिवार) रोल्पा गंगादेव गाउँपालिकाको जिनावाङ स्वास्थ्य चौकी चौताराडाडाँमा संचालन भएको शिविरमा १५ जनाले स्थायी परिवार नियोजन बन्ध्याकरण गरेका हुन् ।

- Advertisement -
Ad image

शिविरमा ८ जना महिलाले मिनिल्याप र ७ जना पुरुषले भ्यासेक्टोमी गरी जम्मा १५ जनाले स्थायी बन्ध्याकरण गरेको गंगादेव गाउँपालिकाको सचिवालयले रेडियो मालश्री लाई जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा सुनौलो परिवार नेपाल मेरी स्टोप्स इन्टरनेस्नल नेपालको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहको समन्वयमा सन्तानको रहर पुगेका दम्पत्ती महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी शिविर फाल्गुन १ गते देखी रोल्पाका १० वटै स्थानीय तहमा संचालन भइरहेको छ ।

१२ गते (सनिबारं) रुन्टीगढी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शिविर संचालन हुने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभायो । यो शिविर १५ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array