Ad image

बजार व्यवस्थापनका लागि बजार बासीसँग छलफल गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री खवर
मालश्री खवर १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर/ फाल्गुन १० गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले बजार क्षेत्रको व्यवस्थापनको लागि बजार बासीसँग छलफल गर्ने भएको छ । गाउँपालिका बजार क्षेत्रमा भएको फोहोरको व्यवस्थापनका लागि सुलिचौर- रुइनिबाङका बजार बासीहरू रहेर छलफल गर्ने भएको हो ।

गाउँपालिकाले बजार क्षेत्रको समग्र समस्याहरू समाधान गर्ने साथ सम्पूर्ण बजार बासी व्यापारी बुद्धिजीवी समाजसेवीहरू सँग छलफल गर्न लागेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले मालश्री खबरलाई जानकारी दिएको छ ।

गाउँपालिकाले बुधवार एक सूचना सार्वजनिक गर्दै बजार व्यवस्थापन सम्बन्धी छलफलका लागि यहीँ फाल्गुन १३ गते उपस्थित हुन अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । बजार बासी व्यापारीहरूसँग सरसफाइˏ फोहोर व्यवस्थापनˏ विशेष सरसफाई क्षेत्र तोक्नेˏ सामान बोक्ने गाडी लोड तथा अनलोड सम्बन्धमाˏ फ्रेस हाउस व्यवस्थापनˏ दुध डेरी व्यवस्थापन लगाएत विविध विषयवस्तुमा केन्द्रिर रहेर छलफल गरिन जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

 छलफल गाउँपालिकाको सभाहलमा विहान १० बजेदेखि सुरु हुने भएको छ । उक्त दिन हुने छलफलमा सहभागीताका लागि सम्पुर्णलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array