Ad image

कार्यसम्पादनमा लुङ्ग्री गाउँपालिका रोल्पामा पहिलो

मालश्री खवर
मालश्री खवर १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १० गते रोल्पा ।

कार्यसम्पादन तथा सुशासन मुल्याङ्कनमा लुङ्ग्री गाउँपालिका रोल्पामा पहिलो भएको छ ।

आर्थिक वर्ष २०७९÷८० को राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोग द्वारा गरिएको कार्यसम्पादन तथा सुशासन मुल्याङ्कनमा लुङ्ग्री गाउँपालिका रोल्पामा पहिलो भएको हो ।

रोल्पा जिल्लाका १० स्थानीय तह मध्य कार्यसम्पादन तथा सुशासन मुल्याङ्कनमा लुङ्ग्री गाउँपालिकाले ४२.८५ अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।

- Advertisement -
Ad image

३९.८९ अङ्क प्राप्त गरि रोल्पा नगरपालिका दोस्रो, ३७.७१ अङ्क प्राप्त गरि रुन्टीगढी गाउपालिका तेस्रो, ३६.२४ अङ्क प्राप्त गरि माडी गाउपालिका चौथो, ३४.५४ अङ्क प्राप्त गरि परिवर्तन गाउपालिका पाचौँ स्थानमा रहेको छ ।

त्यस्तै ३२.३२ अङ्क प्राप्त गरि सुनिलस्मृति गाउँपालिका छैठौँ, ३०.९० अङ्क प्राप्त गरि सुनछहरी गाउपालिका सातौँ, ३०.३१ अङ्क प्राप्त गरि त्रिवेणी गाउँपालीका आठौँ, २४.८५ अङ्क प्राप्त गरि थवाङ गाउपालिका नवौँ स्थान र १५.८८ अङ्क प्राप्त गरि गंगादेव गाउँपालिका दश औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array