Ad image

प्रतिभा उजागर गर्न रुन्टीगढीको छापमा पढाई मेला संचालन

मालश्री खवर
मालश्री खवर ९ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, फागुन ९ गते रोल्पा ।

प्रतिभा उजागर गर्न रुन्टीगढी गाउँपालिका वडा नं. ६ छापमा पढाई मेलाको उद्घाटन गरिएको छ ।

आज रुन्टीगढी गाउँपालिका वडा नं. ६ को जन जागृति प्राथमिक विद्यालय छापमा पढाई मेला कार्यक्रमको उद्घाटन गरिएको हो ।

विद्यार्थीको प्रतिभा उजागर गर्न, पढाईमा गुणस्तर र शिक्षामा क्षमता विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई श्रुति, अनु लेखन, कक्षा ६ देखी ८ सम्ममा विद्यार्थीको लागि वक्तृत्वकाला, निबन्ध र कक्षा ९ देखी १० सम्मका विद्यार्थीलाई कविता बाचन प्रतियोगिताको आयोजना गरिएको रुन्टीगढी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष घन बहादुर घर्तीले जानकारी दिनुभएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष घन बहादुर घर्तीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो ।

विशिष्ट अतिथिमा रुन्टीगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी अतिथिहरुमा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि गाउँपालिका भित्रका वि.व्य.स अध्यक्ष, शिक्षक, अभिभावक लगायत विद्यार्थीहरुको सहभागि रहेको थियो ।

वडा नं. ६ को आयोजनामा संचालन भएको कार्यक्रमको समापन विहिबार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array