Ad image

फागुन १२ गतेदेखी रुन्टीगढी र त्रिवेणीमा आँखा शिविर संचालन हुने

मालश्री खवर
मालश्री खवर ९ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, फागुन ९ गते रोल्पा

रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । शिविरमा आँखाका समस्या भएका विरामीहरुले आँखा जाँच गराई सेवा लिन सक्नेछन् ।

शिविर फागुन १२ गते त्रिवेणी गाउँपालिकाको नुवागाउँ स्वास्थ्य चौकी नुवागाँउ, १७ गते रुन्टीगढी गाउँपालिकाको आधारभुत स्वास्थ्य सेवा केन्द्र, लिबाङीआँप, १९ गते त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकी, जुगारमा हुनेछ ।

त्यस्तै फागुन २२ गते रुन्टीगढी गाउँपालिका वडा कार्यालय जवाङमा, २३ गते रुन्टीगढी गाउँपालिकाको मसिना स्वास्थ्य चौकी मसिनामा, २४ गते रुन्टीगढी गाउँपालिकाको वडा कार्यालय दुविडाँडामा, २६ गते रुन्टीगढी गाउँपालिकाको डुव्रिङ स्वास्थ्य चौकी पुरानो भवन डुव्रिङमा, २७ गते रुन्टीगढी गाउँपालिकाको झेनाम स्वास्थ्य चौकी, बान्द्रेमा, २८ गते रुन्टीगढी गाउँपालिकाको जौलीपोखरी स्वास्थ्य चौकी, गोरीनेटामा, २९ गते रुन्टीगढी गाउँपालिकाको आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलटाकुरामा र ३० गते रुन्टीगढी गाउँपालिकाको प्युरी बजारमा शिविर सञ्चालन हुनेछ ।

- Advertisement -
Ad image

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र लिबाङ रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रोल्पा, उपशाखा होलेरीको समन्वय र स्थानीय तहहरुको सहकार्यमा निशुल्क शिविर सञ्चालन हुने भएको हो ।

मोेतिविन्दु छनौट भएका विरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा चैत्र महिलनाको २ र ३ गते निशुल्क शल्यक्रिया गरिने पनि सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खड्क भाटले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array