Ad image

पूर्वी रोल्पाका तिन गाउँपालिकाको साझेदारीमा सुलिचौरमा ‘संयुक्त फार्मेसी’ सञ्चालन गरिदै

मालश्री खवर
मालश्री खवर ९ फाल्गुन २०८०, बुधबार
3 Min Read
Aa

भरत विश्वकर्मा फाल्गुन ९ गते सुलिचौर रोल्पा ।

पूर्वी रोल्पाका तिन वटा गाउँपालिकाको लगानीमा सुलिचौरमा संयुक्त औषधी पसल खुल्ने भएको छ । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीˏ सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरˏ लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कूमार थापाˏ सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईˏ स्वास्थ्य शाखा प्रमुख मोतिम आलमˏ प्रशासकीय अधिकृत रनबीर बुढाˏ सहायक कम्प्युटर अपरेटर दुर्योधन महरा लगाएतकाको सहभागीतामा आज बसेको बैठकले उक्त निर्णय गरेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सुनिलस्मृतिˏ सुनछहरी र लुङ्ग्री गाउँपालिका र अन्य पालिकाका पनि केही भागका नागरिक उपचार सेवा लिन आउने भएकाले नागरिकहरूको सहजताका लागि तिन गाउँपालिकाको साझेदारीमा औषधी पसलको सुरुवात गर्न लागेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताउनु भयो । सर्वसाधारणलाई कम शुल्कमै औषधी प्रवाह गर्ने उदेश्यका साथ फार्मेसीको स्थापना गर्न लागेको उहाँले बताउनु भयो ।

फार्मेसी सञ्चालनका लागि सुनिलस्मृतिˏ सुनछहरी र लुङ्ग्री गाउँपालिकाको साझेदारीमा  १०-१0 लाख रुपैयाँ गरी ३0 लाख रुपैयाँ बराबरको रहने भएको छ । सुनिलस्मृति सुनछहरी र लुङ्ग्री गाउँपालिकाको सहयोगार्थमा सञ्चालित संयुक्त फार्मेसी पसलको नाम रहने र फार्मेसी सञ्चालन मापदण्ड तयार गर्न साथै सञ्चालन गर्नका लागि ११ सदस्यीय गठन गरिएको सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

फार्मेसी सञ्चालन मापदण्ड तयार पार्न र फार्मेसी सञ्चालन गर्नका लागि सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष संयोजकˏ अन्य गाउँपालिकाका अध्यक्षˏ प्रमुख प्रशासकीय अधिकृतˏ स्वास्थ्य शाखा प्रमुखˏ प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख लगाएत सदस्य र सुनिलस्मृति गाउँपालिकाका स्वास्थ्य संयोजक सदस्य सचिव रहने गरि ११ सदस्यीय समिति गठन गरिएको बताइएको छ।

बैठकमा यस वर्ष सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको बारेमा पनि समीक्षा गरिएको बताइएको छ । यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा अन्य पालिकाको भन्दा यि तिन पालिकाको नतिजा कमजोर आएको थियो । आगामी दिनमा खेलकुद क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर बैठकमा छलफल भएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले जानकारी दिनुभयो ।

साथै जिल्ला स्थित साझा मुद्दा तथा सवालको सन्दर्भमा केन्द्रित रहेर जिल्लाका सबै स्थानीय तह तथा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थित रहने गरी जिल्ला स्तरीय समन्वयात्मक बैठकको आयोजना गर्ने निर्णय भएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादु पुनले जानकारी दिनुभएको छ । उक्त बैठक आयोजनाका लागि समन्वय गरिदिन जिल्ला समन्वय समितिलाई अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array