Ad image

सुनिलस्मृतिमा संचालन भएको शिविरमा ९ जनाले गरे बन्ध्याकरण

मालश्री खवर
मालश्री खवर १ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, पागुन १ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकमा संचालन भएको स्थायी बन्ध्याकरण शिविरबाट ९ जनाले सेवा लिएका छन् ।

सन्तानको रहर पुगेका दम्पतीको लागि स्थायी बन्ध्याकरण महिलाको लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी सुनिलस्मृति गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा आज मंगलबार संचालन भएको हो ।

शिविरबाट ७ जना महिलाले मिनिल्याप, १ जना पुरुषले भ्यासेक्टोमी र १ जना महिलाले आ.यु.सि.डी. प्रयोग गरेका छन् ।

- Advertisement -
Ad image

बन्ध्याकरणको लागि आएका मध्य केहीको स्वास्थ्य अस्वस्थताको कारण र महिला मिनिल्यापको लागि खाना नखाएर आउनु पर्नेमा खान खाएर आएकोले बन्ध्याकरण गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख हिमराज बुढाथोकीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना र सुनौलो परिवार नेपाल मेरिस्टोप्स इन्टरनेशनलको सहकार्यमा संचालन भएको शिविरमा सुनौलो परिवार नेपालका डाक्टर सतमान मनसुरीको टोलीले बन्ध्याकरण गरेको हाे ।

स्वस्थ्य कार्यालय रोल्पाका प्रमुख बिशाल सुबेदीको अध्यक्षतामा संचालन भएको शिविरमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीको प्रमुख अतिथ्यता रहेको सुनिलस्मृति गाउँपालिका स्वस्थ्य शाखा प्रमुख मोतिम आलमले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

फागुन १ गते आजबाट जिल्लाका १० वटै स्थानीय तहमा सन्तानको रहर पुगेका दम्पतीको लागि स्थायी बन्ध्याकरण संचालन भएको छ ।

शिविरमा सन्तानको रहर पुगेका दम्पतीले बन्ध्याकरण गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array