Ad image

समय र कार्यको बारेमा विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa
फोटो

मालश्री खबर/ माघ २५ गते सुलिचौर रोल्पा । 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि समय र कार्यको महत्वको बारेमा एक दिने अभिमूखिकरण कार्यक्रम सुलिचौर सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा बुधबार सुर्योदय माध्यामिक विद्यालयमा सम्पन्न भएको बताइएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख पुन्ने प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको रहनु भएको थियो । अभिमूखिकरण कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा¸ शिक्षा शाखा प्रमुख यादव केसी लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो ।

समय र  कार्यको महत्वको बारेमा केन्द्रित अभिमुखिकरण कार्यक्रममा पुर्वी रोल्पाको सुनिलस्मृति¸ लुङ्ग्री र सुनछहरी गाउँपालिकाका २६ वटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५८ जना विद्यार्थीहरुको सहभागीता रहेको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख पुन्ने प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । यस अभिमूखिकरणले विद्यार्थीको सिकाइ उपलब्धीमा सहयोग पुग्ने उहाँले बताउनु भयो।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array