Ad image

सशस्त्र प्रहरीको प्रयासमा आयो, आगो नियन्त्रणमा

मालश्री खवर
मालश्री खवर २४ माघ २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, माघ २४ गते रोल्पा 

रोल्पामा एकै दिन फरक-फरक दुई स्थानमा आगोलागी भएको छ । रोल्पा नगरपालिका वडा न. २ रेउघा स्थित खलसिङ बुढा, अमृत बाँठा, भिम बुढा, श्याम कुमार बुढा, पुर्ण बहादुर बुढा, बिनोद आचार्य, भिष्मराज बुढा र गोकर्ण पुनले सामुहिकरुपमा खरिद गरेको मान्छे नबस्ने तिनले छाएको दुई तले कच्ची घरममा एक्कासी आगलागी भएको छ ।

आगोलागी बुधबार दिउँसो करिब साढे ५ बजेको समयमा भएको सशस्त्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णुदत्त अवस्थीले जानकारी दिनु भएको छ ।
आगोलागीको सुचना प्राप्त भए लगतै सशस्त्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णुदत्त अवस्थीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले आगोलाई नियन्त्रणमा लिएको थियो ।

- Advertisement -
Ad image

मान्छे नबस्ने घरमा आगोलागी भएको हुनाले आगोलागी के कारणले भयो भन्ने बारेमा अझै केहि खुल्न नसकेको सशस्त्र प्रहरीको भनाई रहेको छ । घटनाको अनुसन्धान भैइरहेको समेत प्रहरीले जानकारी दिएको छ । घरमा आगोलागी हुुंदा करिव ४०/५० हजार बराबरको क्षत्री भएको बताइएको छ ।

आजनै त्रिवेणी गाँउपालिका वडा न. ७ छापनेटामा पनि आगोलागी भएको छ । सोही गाँउ निवासि बर्ष ४० का कमल वलीले आफ्नो बारिमा आगो लगाउने क्रममा हावाहुरीले आगोको झिल्को उडाएर घर नजिकैको खरबारिमा आगोलागी भएको सशस्त्र प्रहरीको भनाई रहेको छ । आगोलागी भएको जानकारी पाए लगतै सशस्त्र प्रही बल नेपाल शिविर सुरक्षा बेश तिला रोल्पाबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरोज कुमार सिंजालीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array