Ad image

गंगादेवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मालश्री खवर
मालश्री खवर २४ माघ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, माघ २४ गते रोल्पा ।
गंगादेव गाउँपालिकामा निशुल्क विषेशज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गंगादेव गाउँपालिका रोल्पा र तुल्सिपुर सिटी अस्पताल दाङको संयुक्त आयोजनामा गाउँपालिकाको जिनावाङ स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन हुने भएको हो ।

शिविरबाट पेट, छाती, मुटु, कलेजो, सुगर, प्रेसर, मृगौला सम्बन्धि रोगहरु, हाड जोर्नी तथा घाटी सम्बन्धी रोगहरु, नाक, कान, घाटी सम्बन्धी रोगहरु, स्त्री तथा प्रसुति सम्बन्धी रोगहरु, हाइड्रोसिल, हर्निया, गाठा गुठी साथै सम्पूर्ण रोगको निशुल्क उपचार तथा परामर्श सेवा र निशुल्क भिडियो एक्सरे तथा निशुल्क औषधी वितरण सेवा प्रदान गरिने गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्ग बहादुर वलिले जानकारी दिएको छ ।

निशुल्क स्वास्थ्य शिविरबाट गंगादेववासीहरुले लाभ लिन सक्नेछन् । शिविर माघ २७ गते सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array