Ad image

स्वर्गीय धन बहादुर डाँगीको श्रद्धाञ्जली सभा तथा १३औं दिनको शुद्धिकार्य सम्पन्न

मालश्री खवर
मालश्री खवर २० माघ २०८०, शनिबार
4 Min Read
Aa

माघ २१ रोल्पा।नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-३ इकाई समिति पार्टी सदस्य स्वर्गीय धन बहादुर डाँगीको श्रद्धाञ्जली सभा तथा १३ औं दिनको शुद्धीकार्य सम्पन्न भएको छ।डाँगीको निधन परिवर्तन गाउँपालिका-३ मा २०८० माघ ८ गते आफ्नै घर चारेढुङ्गा रोल्पामा ७६ बर्षको उमेरमा निधन भएको हो।    

स्वर्गीय डाँगीका श्रीमती सुकमाली डाँगी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ।डाँगीका ४ छोरा र २ छोरी छन।जेठो छोरा कृष्ण डाँगीको पनि निधन भइसकेको छ।नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-३ का इकाई सभापति दिपेन्द्र थापाको अध्यक्षतामा भएको डाँगीको श्रद्धाञ्जली सभा तथा १३ औं दिनको शुद्धीकार्य कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस दाङ जिल्लाका पूर्व पार्टी सभापति कृति बहादुर खड्का रहनु भएको थियो।नेपाली कांग्रेस रोल्पाका पूर्व सचीव झक्कु प्रसाद घर्ती,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभागका सदस्य सचीव विश्व कुमार चन्द,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहकारी विभागका सदस्य लक्ष्मी डाँगी,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका खेलकुद विभागका सदस्य दिपेन्द्र कुमार डाँगी,लोकतान्त्रिक खेलकुद महासंघ रोल्पाका अध्यक्ष चन्द्र ज्योति थापा,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खड्क घर्ती मगर,नेपाली कांग्रेस गंगादेव गाउँपालिकाका सभापति मीन बहादुर खड्का,नेपाली कांग्रेस परिवर्तन गाउँ पालिका सदस्य तथा क्षेत्रीय प्रतिनिधि सुकमाली डाँगी,शिक्षक महासंघ रोल्पाका उपाध्यक्ष सूर्य प्रकाश डाँगी,परिवर्तन गाउँपालिका-३ का निवर्तमान सभापति गोकुल डाँगी,परिवर्तन गाउँपालिका नेपाल शिक्षक संघका अध्यक्ष मीन बहादुर डाँगी,परिवर्तन गाउँपालिका-३ का वडा अध्यक्ष खिम विक्रम चन्द,परिवर्तन गाउँपालिका गाउँ कार्यपालिका सदस्य थम बहादुर सुनार,वडा सदस्यहरु अमित बुढा मगर,हुमा कुमारी शर्मा,शेर बहादुर डाँगी,जस्माली विक,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सदस्य झपिराम डाँगी,नेकपा जिल्ला सदस्य भक्त रिजाल सी,बालशिक्षा मावि थुनिकोटका प्रधानाध्यापक खिम बहादुर डाँगी लगायतको सहभागिता रहेको थियो।प्रमुख अतिथी नेपाली कांग्रेस दाङ जिल्लाका पूर्व सभापति कृति बहादुर खड्काले मानिस जन्मे पछि मर्नु निश्चित भएको बताउदै घर परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।खड्काले आफ्नो बुवाले देखाएको बाटो हिड्न समेत आग्रह गर्नु भएको छ।नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सचीव झक्कु प्रसाद घर्ती मगरले संस्था बचाउन डाँगीको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभागका सदस्य सचीव विश्व कुमार चन्दले नेपाली कांग्रेसको एक सिपाही भएर काम गरेको समेत बताउनु भएको छ।नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खड्क घर्ती मगरले स्वर्गीय डाँगीको नेपाली कांग्रेसमा अतुलनीय योगदान रहेको बताउनु भएको छ।

नेपाली कांग्रेस गंगादेव गाउँपालिकाका सभापति मीन बहादुर खड्काले मान्छे मरेर गएपनी सम्झनु पर्ने बताउनु भएको छ।नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सदस्य झपिराम डाँगीले आस्था विचार जहाँ भए पनि राम्रो मान्छेलाई सम्झनु पर्ने बताउनु भएको छ।नेकपा जिल्ला सदस्य भक्त रिजाल सीले मान्छे जन्मे पछी मर्ने प्रकृतिको नियम भएकोले कसैले रोक्न नसक्ने र राम्रो मान्छे सबै मनमा रहिरह्ने समेत बताउनु भएको छ।

- Advertisement -
Ad image

श्रद्धाञ्जली सभा कार्यक्रममा घरपरिवारको तर्फबाट स्वर्गीय डाँगीका कान्छो छोरा ललित डाँगीले यहाँसम्म आएर घरपरिवारमा सहानुभूति प्रकट गर्नु भएकोमा उपस्थित सबैलाई धन्यवाद दिदै कोही पनि अमर नहुने र सबै मरेर जानुपर्ने बताउनु भएको छ।

१३ गतेदेखि १७ सम्म सञ्चालन भएको रोल्पा जिल्ला स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिकाको प्रतिनिधित्व गर्दै २ वटा गोलमेडल हाईजम्प र लमजम प्रतियोगितामा दोस्रो लिन सफल भएकोमा उहाँको हजुरबुबा स्वर्गीय धन बहादुर डाँगीको श्रद्धाञ्जली सभा तथा १३ औं दिनको शुद्धीकार्यको अवसरमा स्वर्गीय जेठो छोरा कृष्ण डाँगीको छोरी तथा डाँगीका नातिनी मुहा डाँगीलाई प्रमुख अतिथि कृति बहादुर डाँगीले बधाई समेत व्यक्त गरेका थिए।डाँगीको जन्म २००४ साल साउन १५ गते भएको थियोे भने मृत्यु २०८० माघ ८ गते भएको हो।

स्वर्गीय डाँगीको श्रद्धाञ्जली सभा तथा १३औं दिनको शुद्धीकार्य कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-३ का इकाई सचिव ज्योति प्रकाश चन्दले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array