Ad image

पशु प्रजनन विकृति सम्बन्धि प्राविधिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर २० माघ २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर, माघ २० गते रोल्पा ।
रोल्पामा पशु सेवा प्राविधिकहरुसँग ‘कृत्रिम ग र्भा धा न तथा पशु प्रजनन विकृति’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको आयोजना तथा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको प्राविधिक सहयोगमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार लिबाङमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमको रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले उद्घाटन । कार्यक्रमको उद्घाटन गर्दे मेयर घर्तीले युवाहरू कृषि क्षेत्रमा आकर्षित हुनुपर्ने बताए । युवाहरू लाखौँ खर्च गरेर अवैध तरिकाले विदेश जानुभन्दा आफ्नै देशमा कृषि पेशमा आवद्ध भई स्वरोजगार हुन उनले आग्रह गरे ।

‘देशमा संघीयता लागू भए पनि जनताको अवस्थामा कुनै परिवर्तन भएको छैन’। मेयर घर्तीले भने, जनताको अवस्था फेर्नका लागि कृषि पेशमा लाग्नुपर्छ । सरकारले पनि किसानको जीवन स्तर माथि उकास्नका लागि सहयोग गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको बताउँदै उनले किसानलाई दूध र तरकारीमा अनुदान दिनुका साथै उन्नत जातको भैँसी समेत वितरण गरेको उनले बताए । कृत्रिम गर्भाधान तथा पशु प्रजनन विकृति सम्बन्धी कुरा किसानलाई बुझाउन सके प्रभावकारी हुने घर्तीले बताए ।

- Advertisement -
Ad image

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाका स्थानीय तहहरूलाई आफै समन्वय गरेर जिल्लामै कृत्रिम ग र्भा धा न सम्बन्धी तालिम चलाउन सुझाव दिए । उनले पशु प्राविधिकहरूलाई आफ्नो पेशको समान गर्दै सकारात्मक तरिकाले अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा। जगदिश पाण्डेयले मासु र दूधमा आत्मनिर्भर बन्नका लागि पशुको नश्ल सुधार गर्न अनिवार्य भएको बताए । पशु प्रजनन र कृत्रिम ग र्भा धा न सम्बन्धी भावी कार्यदिशा प्रस्तुत गर्दै उनले ७० जिल्लाका ५ सय १ स्थानीय तहमा कृत्रिम ग र्भ धा न कार्यक्रम विस्तार भएको बताए ।

त्यस्तै कृत्रिम ग र्भा धा नको महत्व , अवस्था, चुनौती र प्रभाव सम्बन्धी राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा डा। खगेन्द्रराज सापकोटाले प्रस्तुतिकरण गरेका थिए ।

शनिबार र आइतबार रोल्पा नगरपालिका वडा नम्बर ३, ७ मा ‘डोर टु डोर’ प्रजनन सम्बन्धी उपचार शिविर संचालन गर्ने भेटेरिनरी अस्पतालले रोल्पाले जनाएको छ । दुई दिनसम्म सञ्चालन गर्ने शिविरमा पशुपालक किसानको घरदैलोमा गएर पशुको प्रजनन सम्बन्धी समस्याहरु उपचार गरीने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा। शंकर न्यौपानेले बताए।

अन्तरक्रिया कार्यक्रममा रोल्पाका दशवटै स्थानीय तहका पशु शाखा प्रमुख र पशु प्राविधिकहरूको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पतालका डा। प्रतिभा थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी गिरबहादुर घर्तीमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array