Ad image

रोल्पाली साहित्यकार अधिकारीको पुस्तक राजधानीमा प्राज्ञहरुको हातहातमा

मालश्री खवर
मालश्री खवर २० माघ २०८०, शनिबार
2 Min Read
Aa

रोल्पा/माघ २० गते । रोल्पाली सर्जक (लेखक, साहित्यकार तथा गीतकार) अमर अधिकारीको दैनिकी ब्यस्ततामा वितिरहेको छ । केहीँसमय अघि प्रकाशित कृति ‘ओगिल्जा’ ले उहाँले व्यवस्तता बनाएको हो ।

आफ्नो दोस्रो पुस्तक ‘ओगिल्जा’ चौँतिस जिल्लाहरुमा पुगिसकेको अधिकारी बताउनु हुन्छ । साथै अमेरिका, अष्ट्रेलियामा पनि उक्त पुस्तक पुगिसकेको कृतिकारले जानकारी दिनुभयो। पुस्तक विमोचन गर्ने सामर्थ्य भने आफुसँग नभएको उहाँ बताउनु हुन्छ । ‘किन कि म खरिदारकोभन्दा कम पेन्सन थाप्छु, उहाँले थप्नुभयो‘। पुस्तक विमोचन गरिएको भए सायद कृतिहरु मिडियाहरुले अझै चर्चित गराइदिन्थे र कृतिले बजार पनि राम्रोसँग पाउँथ्यो होला, उहाँ भन्नुहुन्छ।

तस्बिरमाः कलाकार मदनकृष्ण श्रेष्ठ

हालै उहाँको कृति ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरु’ नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) लाई हस्तान्तरण गर्नुभएको छ। बृहत् नेपाली शब्दकोशमा समावेश नभएका रापती भेगका शब्दहरुलाई उपकुलपती श्रेष्ठले शब्दकोशको आगामी संस्करणमा समावेश गर्ने आश्वासन दिनुभएको कोशकार अधिकारीले जानकारी दिनुभयो।

- Advertisement -
Ad image

हालै एक कार्यक्रममा उहाँको पुस्तक ओगिल्जा प्रसिद्ध ब्यक्तित्व पूर्वकर्मचारी–कर्मचारी संचयकोष (२०२३–२०२६), समाजसेवी, वरिष्ठ गायक, हाँस्यब्यंग्यकार, नाटक–चलचित्र–टेलिचलचित्र कलाकार मदनकृष्ण श्रेष्ठ र वरिष्ठ संगीतकार दिपक जंगमलाई प्रदान गरिएको छ। जंगमले नारायण गोपालले गाएका धेरै गीतहरुमा र गुलाम अलीले गाएका केही गीतहरुमा संगीत दिनुभएको छ।

यसअघि ‘ओगिल्जा’ लेखकलाई विभिन्न समयमा सरकारी सेवा गर्दा सहयोग र सद्व्यवहार गर्ने नेपाल सरकारका विशिष्ठ ब्यक्तिहरुको हातमा परिसकेको छ। मन्त्रालयहरुका सचिव, सहसचिव, उपसचिव र विभागका महानिर्देशक, निर्देशकहरु उहाँको कीर्तिबाट प्रभावित हुनुहुन्छ। अधिकारीको दोस्रो कृति रुपमा रहेको ‘ओगिल्जा‘ नितान्त आफ्नो जिवनको भगाईसँग सम्बन्धि छ ।

हाल उहाँका लेखहरु विभिन्न मिडियाहरुले माग गर्नेगरेका छन्। उहाँले देशमा बढ्दै गैरहेको विकृति र विसंगतिहरुका बारेमा लेखहरु लेख्दैआइरहनुभएको छ। वहाँका केही लेखहरु जिल्लासँग सम्वन्धित पनि छन् । उहाँ सरकारी सेवाबाट अवकास भएपछिको फुर्सदको समयलाई साहित्य सिर्जनामा सदुपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array