Ad image

दुर्घटना न्यूनीकरणको लागि सुलिचौर र खुंग्रीमा साइनबोर्ड राखियो

मालश्री खवर
मालश्री खवर १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/ माघ १९ गते सुलिचौर रोल्पा ।

सवारी साधन दुर्घटना न्यूनीकरणको लागि सुनिलस्मृति गाउँपालिकाको विभिन्न क्षेत्रमा साइनबोर्ड राखिएको छ । अस्थायी प्रहरी पोस्ट सुलिचौरद्वारा खुंग्री र सुलिचौरमा ट्राफिक नियमहरू भएको साइनबोर्ड राखिएको हो ।

सवारी साधन दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने हेतुले सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर २ खुंग्री र वडा नम्बर ४ सुलिचौरको बजारमा साइनबोर्ड राखिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सुलिचौरका ट्राफिक प्रहरी हवलदार नवीन भण्डारीले जानकारी दिनुभएको छ । उहाँले सवारी साधन दुर्घटना प्रायजसो चालकको लापर्बाही साथै ट्राफिक नियमको जानकार नभएको कारणले भएको बताउदै ट्राफिक नियमको बारेमा सबैले अध्ययन गर्न र यसको पालना गर्न आग्रह गर्नुभयो ।

 

- Advertisement -
Ad image

यसले गर्दा सवारी साधनको दुर्घटना हुनुमा केही सहयोग पुग्ने बताइएको छ । सवारी साधन दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस भन्ने हेतुले लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिका प्रहरीहरूसँग पनि सहकार्य गरेर ट्राफिक नियमहरू भएको साइनबोर्ड राख्ने तयारी गरिरहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट सुलिचौरले जनाएको छ ।

सुनिलस्मृति गाउँपालिकासँगको समन्वयमा ईलाका प्रहरी कार्यालय सुलिचौर¸ ईलाका प्रहरी कार्यालय खुंग्री साथै नगरप्रहरी र अन्य स्थानीयहरूको उपस्थितिमा ट्राफिक नियमहरु भएको साइनबोर्ड राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array