Ad image

सुनिलस्मृतिमा तथ्यमा आधारित पैरवी कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर,माघ १९ गते सुलिचौर रोल्पा ।

तथ्यमा आधारित पैरवी कार्यक्रमको प्रस्तुतिकरण सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका र सहास नेपालद्वारा सञ्चालित किशोरकिशोरी सञ्जालका किशोरकिशोरीहरुले तयार पारेको तथ्याङ्क प्रस्तुत गरिएको बताइएको छ ।

सुनिलस्मृति गाउँपालिकाको ८ वटै वडाबाट किशोरकिशोरीहरुले पहिचान गरेका सवालहरुको प्रस्तुतिकरण गरिएको सहास नेपाल रोल्पाका जिल्ला परियोजना संयोजक सरोज पन्थीले जानकारी दिनुभयो ।

गाउँपालिकाको ८ वटै वडामा किशोरकिशोरीहरुले बालविवाह, जुवातास, दाइजो प्रथा, बालश्रम, विद्यालय छाड्ने, लैङ्गिक हिंसा, आत्महत्या, भ्रष्टाचार, बहु विवाह, अन्धविश्वास, छुवाछुत, लागु पदार्थ, महिला हिंसा लगाएतका सवालमा केन्द्रित रहेर तथ्याङ्क संकलन गरेका थिए ।

- Advertisement -
Ad image

संकलित तथ्याङ्कको प्रस्तुतिकरण गाउँपालिका स्तरीय किशोरकिशोरी सञ्जालका संयोजक रचना भारती र सदस्य ठगेन्द्र सुनारले गरेका थिए ।
तथ्यमा आधारित रहेर किशोरकिशोरीहरुले बालश्रम, विद्यालय छाड्ने, लागु पदार्थ र आत्महत्याका सवालहरुलाई प्राथमिकतामा राखेर तथ्याङ्क संकलन गरेको सुनिलस्मृति गाउँपालिकाका महिला विकास निरीक्षक भगवती बुढा मगरले बताउनु भयो ।

गाउँपालिका भरको तथ्याङ्क अनुसार बालश्रम २४ जना, विद्यालय छाड्ने २४ जना, लागु पदार्थ ३४ जना, आत्महत्या १५ जना पाइएको गाउँपालिका किशोरकिशोरी सञ्जालकी संयोजक रचना भारतीले बताउनु भयो ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत गोबिन्द्र भट्टराई, वडा अध्यक्षहरु, किशोरकिशोरीहरु लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array