Ad image

संघीय प्रणाली बलियो भयो भने देश विकास हुन्छ– बिमलेन्द्र निधि

मालश्री खवर
मालश्री खवर १९ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, माघ १९ गते रोल्पा

नेपाली कांग्रसका केन्द्रिय सदस्य बिमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई बलियो बनाउन सकियो भने जनताको शासन र देशको विकास दुबै हुने बताउनु भएको छ ।

समुदायमा कांग्रस अभियान अन्तर्गन रोल्पा आउनु भएका नेपाली कांग्रसका पुर्व सभापती, पुर्व उपाप्रधान तथा पुर्व गृहमन्त्री तथा संघिय सांसद निधिले यस्तो बताउनु भएको हो ।

नेपाल प्रेस युनियन रोल्पा शाखालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बिमलेन्द्र निधिले सात प्रदेश निर्माण गरेर मात्र नहुने प्रदेश सरकारलाई अधिकार दिनु पर्ने बताउनुभयो ।

- Advertisement -
Ad image

सातै प्रदेश सरकारमा प्रहरी संगठन नभएको, प्रदेश तहमा आफ्नो कर्मचारी नभएको र सम्पुर्ण स्थानीय तहले पाउनु पने अधिकार र काम फछर्योट गर्न केन्द्रमा जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।

यो बाध्यता लाई हटाउन सकेसम्म जिल्लामा काम हुनु पर्ने भएन भने प्रदेश सरकारमा काम फछर्योट गर्ने वातावरण सिर्जन गर्न बाकी रहेको नेपाली कांग्रसले गर्न सहयोग गर्ने र जनताले साथ दिनु पर्ने धारणा राख्नु भएको छ ।

नेपाली कांग्रेस स्थापना कालदेखी नै जनाता संग रहेको र अब पनि नेपाली कांग्रस समुदायमा गएर दोहोरो संवादको माध्यमबाट यहाको वस्तुस्थिति, विकास निर्माणको विषयमा समुदायमा कांगे्रस अभियान संचालन भएको बताउनुभएको छ ।

समुदायका विकासका कुरा, गुनासा, सुझाव, प्रतिक्रिया संकलन गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने उद्दश्यले समुदायमा कांग्रस अभियान संचालन गरेको उल्लेख गर्नु भयो ।

नेपाल प्रेस युनियन रोल्पा शाखाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन नेपाल प्रेस रोल्पा शाखाका सहसचिव हिमा खड्काले गर्नुभएको थियो ।

     

 

प्रतिक्रिया दिनुहोस्

Array