Ad image

लामो समय पछि वर्षा हुँदा किसानलाई राहत

मालश्री खवर
मालश्री खवर १८ माघ २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा /माघ १८ गते रोल्पा ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू यतिबेला हर्षित बनेका छन् । लामो समयसम्म पानी नपर्दा लगाएको बाली बिग्रने चिन्तामा रहेका किसानलाई यतिबेला वर्षा हुँदा ठूलो राहत मिलेको छ ।

रोल्पाका अधिकांश भूभागका किसानहरू खेतीपातीको लागि आकाशे पानीमै निर्भर हुने गर्दछन । समयमै आकाशबाट पानी नपरे किसानले लगाएको बाली बालुवामा पानी हालेको जस्तै हुन्छ ।

 

- Advertisement -
Ad image

रोल्पा आसपासका क्षेत्रहरूमा असोज महिना यता वर्षा भएको छैन । हिउँद लागेको लामो समय पछि वर्षा भएको हो ।

लामो समयपछि हिमपात सहितको वर्षा भएपछि बाली बिग्रने चिन्ता हटेको किसानहरूले बताएका छन् । लामो समय पछि वर्षा हुँदा खुसी लागेको किसानहरूको भनाई छ ।

वर्षा नभएको लामो समय भएकाले बारीमा लगाएको गहुँ, जौ, लगाएतका वालीहरू सुक्न लागेका थिए ।

हिमपात सहितको वर्षा हुदा रोल्पाका उच्च पहाडी भुभागहरू जलजला, सातदोबाटो, लिस्ने लगाएतका ठाउँहरूमा हिमपात भएको र चिसो पनि अत्यधिक बढेको त्यहाँका स्थानीयले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएका छन ।

हिमपात सहितको वर्षाको कारण चिसो बढेकोले सबैले सतर्कता अपनाउन स्वास्थकर्मीहरूले सुझाब दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array