Ad image

नेता बिमलेन्द्र निधि रोल्पा आउदै

मालश्री खवर
मालश्री खवर १८ माघ २०८०, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर, माघ १८ गते रोल्पा
नेता बिमलेन्द्र निधि रोल्पा आउनु हुने भएको छ । नेपाली कांग्रेस रोल्पाको आयोजनामा समुदायमा कांग्रेस अभियान अन्तर्गत बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न निधि रोल्पा आउन लाग्नु भएको हो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपसभापति,पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय बिमलेन्द्र निधिको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अमरसिंह पुनको आतिथ्यतामा कार्यक्रम हुन लागेको नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापाले जानकारी दिनु भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा सञ्चालित समुदायमा कांग्रेस अभियानका लागि लुम्बिनी प्रदेशमा अनुगमनको लागि निधिलाई खटाइएको छ। माघ १९ गते अर्थात भोलि शुक्रबार नेपाली कांग्रेस रोल्पाको आयोजनामा हुने सुशील कोइराला स्मृति भवन लिबाङमा हुने कार्यक्रममा सहभागी हुन जिल्लामा रहेका नेताहरु,कार्यकर्ताहरु तथा विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई नेपाली कांग्रेस रोल्पाले आग्रह गरेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले जानकारी  दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको आयोजनामा माघ १३ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सुरु भएको छ । अभियानलाई सफल बनाउन ७ प्रदेश ६ हजार ७ सय ४३ वटा वडामा प्रतिनिधिहरु खटाएका छन । सबै वडामा एकै पटक काँग्रेस९माघ १६ गते समूदायमा जाऔं,जनताका कुरा सुनौं,देशब्यापी रुपमा संचालित अभियान भब्य रुपमा सफल पारौं भन्ने मुल नाराको साथ लुम्बिनी प्रदेशको सबै जिल्ला,सबै पालिका र सबै वडामा अभियान जारी रहेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array