Ad image

जिल्ला स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन

मालश्री खवर
मालश्री खवर १७ माघ २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, माघ १७ गते रोल्पा

जिल्ला स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज समापन भएको छ ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना तथा रोल्पा नगरपालिकाको व्यवस्थापनमा उक्त प्रतियोगिता माघ १३ गते देखि सदरमुकाम लिवाङमा शुरु भएको कार्यक्रमको आज एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । ६६ स्वर्ण पदकमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिकाले २८ स्वर्ण, २२ रजत, २० कास्य पदक, प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै त्रिबेणी गाँउपालिकाले १७ स्वर्ण, १७ रजत, १६ कास्य पदक प्राप्त गरि द्धितिय स्थान हासिल गर्न सफल भएको छ । ५ स्वर्ण, ३ रजत, १३ कास्य पदक प्राप्त गरि माडी गाँउपालिका तृतीय भएको छ । परिबर्तन गाँउपालिकाले ४ स्वर्ण, ४ रजत, १२ कास्य पदक पाप्त गरेको छ । गंगादेब गाँउपालिकाले ४ स्वर्ण, ४ रजत, ३ कास्य पदक प्राप्त गरेको छ । सुनिलस्मृती गाँउपालिकाले २ स्वर्ण, ४ रजत, १३ कास्य पदक प्राप्त गरेको छ । थबाङ गाँउपालिकाले २ स्वर्ण, ४ रजत, १३ कास्य पदक प्राप्त गरेको छ । सुनछहरी गाँउपालिकाले १ स्वर्ण, ३ रजत, २ कास्य पदक प्राप्त गरेको छ । लुङ्ग्री गाँउपालिकाले १ स्वर्ण, २ रजत, २ कास्य पदक प्राप्त गरेको छ । र रुन्टिगढी गाँउपालिकाले १ स्वर्ण, १ रजत, २ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुद बिकास समिती रोल्पाले जानकाकारी दिएको छ ।

६६ स्वर्ण पदकमा सञ्चालन भएको प्रतियोगितामा मार्सल आट, तेक्वाण्डो, उसु, कराते, कवर्डी, एथ्लेटिक्स बिधा गरि ६५ पदकको खेल सम्पन्न भएको छ । पुरुष भलिबल स्वर्ण पदकको लागी सुनिलस्मृती गाँउपालिका र माडी गाँउपालिका बिच भएको खेलमा माडी गाँउपालिकाले खेल जितेर बिजेता भएको भए पनि सुनिलस्मृती गाँउपालिकाले खेलमा सहभागिता भएका केहि खेलाडीहरु नियम बिपरित समावेस गरेको भन्दै उजुरी गरे पछि छानबिन नहुदा सम्म उक्त पदक गणना नगरिएको समेत जिल्ला खेलकुद बिकास समिती रोल्पाले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन (सिजल) रहनु भएको थियो । अतिथिहरुमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, रोल्पा नगरपालिका उपप्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, खेलाडी, खेलकुद कोच, रेफ्रि, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मि, संचारकर्मि लगायतको उपस्थित रहेको थियो । गएको वर्ष भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि रोल्पा नगरपालिकाले नै प्रथम स्थान हासिल गरेको थियो ।

जिल्ला खेलकुद विकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्तिले विभिन्न तह र तप्काबाट दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हर्सोल्लासका साथ सफल बनाउन सहयोग पुर्याउनु हुने ब्यक्तित्व लगायत १० वटै पालिकाका प्रमुख तथा प्रतिनिधि, १० वटै पालिकाबाट सहभागि भएका विद्यालयका विद्यार्थी खेलाडीलाई धन्यबाद व्यक्त गर्नु भएको छ । घर्तिले समापन कार्यक्रममा अर्काे वर्ष तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता थबाङ गाउँपालिकामा गरिने समेत बत(ाउनुभएको छ । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका सदस्य सोम बहादुर घर्तीले गर्नुभएको हो ।

  

प्रतिक्रिया दिनुहोस्

Array