Ad image

लिवाङ्गी आपमा पशु चौपायाका लागि निशुल्क औषधी वितरण

malashree
malashree १७ माघ २०८०, बुधबार
1 Min Read
Aa

कमल खड्का
मालश्री खबर, माघ १७ गते रोल्पा

निशुल्क पशु स्वास्थ्य सम्बन्धी एक दिने शिविर मङगलबार सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लिवाङ रोल्पाको आयोजनामा रुन्टीगढी गाउँपालिका वडा नं. १ लिवाङ्गी आप रोल्पामा सम्पन्न भएको हो ।

उक्त शिबिरमा १ सय २० घर धुरीका किसानका १ हजार बढी पशु चौपायालाई चेक जाँच गरि निशुल्क औषधी वितरण गरिएको छ । त्यसैगरि किसानहरुलाई औषधी प्रयोग गर्ने बिधी, उपचार पद्धती, प्राबिधीक सल्लाह तथा परामर्श, रोग नियन्त्रणका उपाय सम्बन्धी जानकारी समेत दिएको छ ।

रुन्टीगढी गाउँपालिका पशु सेवा शाखा प्रमुख श्याममणि वि।क को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लिवाङ रोल्पाका कार्यालय प्रमुख डा। शङकर न्यौपानेले गर्नु भएको थियो । रुन्टीगढी गाउँपालिका वडा न। १ का अध्यक्ष थम बहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका अधिकृत गिर बहादुर घर्तीमगरले गर्नु भएको हो ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्