Ad image

रोल्पा नगरपालिकाको निःशुल्क सरकारी सेवा प्रवेश तयारी कक्षा उद्वघाटन

मालश्री खवर
मालश्री खवर १५ माघ २०८०, सोमबार
2 Min Read
Aa
मालश्री खबर, माघ १५ गते रोल्पा
रोल्पा नगरपालिकाको निःशुल्क सरकारी सेवा प्रवेश तयारी कक्षा उद्वघाटन सोमबार लिबाङमा भएको छ । सुशासन तथा सस्थागत क्षमता विकास समिति रोल्पा नगरपालिकाको अयोजनामा रोल्पा नगरपालिका भित्रका सरकारी सेवा प्रवेश गर्न चाहनेहरुका लागि कक्षा संचालनको अभिमुखिकरण तथा उद्वघाटन कर्याक्रम गरिएको हो ।
मानव संशाधन विकास र निर्माणको लागि रोल्पा नगरपालिकाले न्युनतम ३ महिनको लागि लोकसेवाका नायव सुब्बा, खरिदार र शिक्षक सेवा आयोगका मावि, निमावि र प्रावि तयारी कक्षा भोलिबाट संचालन हुने कक्षाहरुको आज (सोमबार) उद्वघाटन गरेको रोल्पा नगरपालिकाले जनाएको छ ।
रोल्पा नगरपालिकाले रोल्पा नगरपालिका भित्रका सरकारी सेवा प्रवेश गर्न चाहनेहरुका लागि आवेदन आहवान गरेको थियो । सोही आह्रवान अनुसार लोकसेवा पढ्नको लागि १ सय ४२ जना र शिक्षक सेवा आयोगको लागि ३२ जनाको आवेदन आएको थियो ।
सुशासन तथा सस्थागत क्षमता विकास समितिले लोकसेवा पढ्नको लागि आवेदन आएका मध्यबाट टेष्ट परिक्षा लिएको थियो । टेष्ट परिक्षामा ८० जनाले उतिर्ण गरेको र ८० जनालाई कलास दिने रोल्पा नगरपालिका प्रशासन शाखा प्रमुख सुदिप डाँगीले जानकारी दिनुभएको छ ।
रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको विशेष अतिथिमा रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुली, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले कार्यक्रममा सहभागीहरुलाई शुभकामना सुझव सहितको मन्तव्य दिनुभएको थियो ।
रोल्पा नगरपालिका सुशासन तथा सस्थागत क्षमता विकास समितिका सदस्य सुनिता आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रोल्पा नगरपालिका प्रशासन शाखा प्रमुख सुदिप डाँगीले गर्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

Array