Ad image

स्रष्टा चौतारीको ८६ औँ श्रृङखला लिबाङमा सम्पन्न

मालश्री खवर
मालश्री खवर १५ माघ २०८०, सोमबार
2 Min Read
Aa
मालश्री खबर, माघ १५ गते रोल्पा 
राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाले स्रष्टा चौतारीको ८६ औँ श्रृङखला कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाले हरेक महिनाको १५ गते स्रष्टा चौतारी कार्यक्रम गर्ने गर्दछ । नयाँ स्रष्टा लाई प्रोत्साहन गर्ने, अग्रज साहित्यकारको अनुभव र सिर्जन सुन्ने, सुनाउने उद्देश्यले हरेक महिनाको १५ गते यस्तो कार्यक्रम गर्ने गरेको राप्ती साहित्य परिषद रोल्पाले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।
त्यसै कार्यक्रम अन्र्तगत आज (सोमबार) नयाँ र अग्रज सहित्यकारहरुको सिर्जना प्रस्तुत गरिएको छ । कार्यत्रममा उपस्थित स्रष्टाले कविता, गजल, मुक्तक वाचन गर्ने, वासुरी, मादल बजाउने, गित गाउने, चुट्किला सुनाउने जस्ता आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा राष्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका पधादीकारीहरु, साहित्यकार तथा रोल्पा नगरपालिका निबर्तमान मेयर पुर्ण केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, बटुक दल गण रोल्पाका गणपति बिके सिंह बिश्वकर्मा, जिल्ला न्यायधिवक्ता चुडामणी पराजुली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक श्यामकुमार सारु मगर, पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर, सचिब लोकेन्द्र चन्द, साहित्यकार चन्द्र जि.एम., मोतिराज न्यौपाने लगाएत जिल्लामा क्रियाशिल साहित्यकार पत्रकारहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण राप्ती साहित्य परिषद रोल्पाका सचिव तिलक घर्तिमगरले गर्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

Array