Ad image

कोशीमा भएको त्रुटी सच्चाईए गठबन्धन बलियो बन्छः डा.संग्रौला

मालश्री खवर
मालश्री खवर १५ माघ २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर/बुटवल, १५ माघ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनिति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्चाउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्य डा। संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने संकेत गर्नुभयो । गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहि अनुरुप व्यवहारमा कार्यान्वयन गर्न समेत उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।
‘यतिबेला गठबन्धनको सरकार रहेको छ । गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । – ‘उहाँले भन्नुभयो,कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ ।यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ । ’
सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहनुभएकी डा। संग्रौलाले देशको राजनितिक अवस्थालाई सहि मार्गमा ल्याउन कांग्रेसको बिकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो संबोधन गर्न पार्टिले अभियान चलाएको बताउनुभयो ।

उहाँले गठबनधनको सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिनुभयो । गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक नरहेको सुझाब दिनुभयो ।
उहाँले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियान पछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array